एजेन्सी – बलिउडका केही कलाकारहरु अभिनयमा मात्र नभई अन्य विभिन्न कलामा पनि रूची राख्छन्। अभिनय बाहेक कोहि गायनमा, कोहि चित्रकलामा, त कोहि लेखनमा रूची राख्छन्।
बलिउडमा यस्ता कलाकारहरु पनि छन्, जो चलचित्रको कथा लेख्नमा समेत रूची राख्छन्। आफ्नो चलचित्रको कथा आफैले लेखेका बलिउड कलाकार निम्न छन्।
विनीत सिंह
फिल्म मुक्काबाजमा विनीतले गरेको कामको सर्वत्र चर्चा भएको थियो। विनीत कुमार सिंहको यस चलचित्रका अभिनय गर्ने मात्र नभई कथा लेख्ने काम पनि खुद आफैले गरेका थिए।
सनी देओल
देख्दा रिसाहा देखिने सनी लेखनमा पनि रूची राख्छन् भन्दा धेरैलाई अचम्म लाग्छ। सनीको करियरको सबै भन्दा सफल चलचित्र घायलको सिक्वेल घायल वन्स अगेनको कथा सनी आफैले लेखेका थिए।
सलमान खान
सलमान खान बलिउडकै सबै भन्दा ठूलो नाम रहेका छन्। अभिनयमा मात्र नभई सलमान चित्रकला र लेखनमा पनि पोक्त छन्। चलचित्र “वीर” को कथा सलमान आफैले लेखेका थिए। यस्तै उनले सन् १९९० मा आएको चलचित्र “बागी द रिबेल अफ लभ” को कहानी पनि सलमानले लेखेका थिए।
कल्कि
केहि समय अगाडी कल्किको “द गर्ल इन यलो बूट” चलचित्र आएको थियो। यो चलचित्रको कथा कल्कि आफैले लेखेकी थिइन्।