जून महिनाभर ग्रहचक्रमा विभिन्न परिवर्तनहरु हुँदैछ। जून महिनामा सूर्यको अलावा मंगल र वृहस्पतिको पनि राशि हुँदैछ। साथै यस महिना बुध र शुक्रले पनि आफ्नो चाल परिवर्तन गर्नेछन्। ग्रहचक्रमा हुने यी परिवर्तनले राशिचक्रमा फरक-फरक असर पार्नेछ। जून महिनाभर ग्रहचक्रमा हुने परिवर्तनहरु निम्न छन्।
ग्रहचक्रमा महिनाभर केके परिवर्तन हुन्छन् ?
सूर्य
सूर्यको राशि परिवर्तन हरेक महिना हुने गर्छ। सूर्यको राशि परिवर्तनकै आधारमा हिन्दु महिना(वैशाख-चैत) निर्धारण हुने गर्छ। सूर्यले एक राशिबाट अर्को राशिमा प्रवेश गरेसँगै नयाँ महिना लागेको मान्ने चलन छ। सूर्यको राशि परिवर्तन जून महिनाको १५ तारिखमा परेको छ। त्यस दिनबाट वृष राशिबाट मिथुन राशिमा सूर्यको प्रवेश हुनेछ।
चन्द्र
चन्द्र लगभग सवा दुई दिनमा राशि बदल्ने गर्छ। सबै ग्रहहरु भन्दा छिटो राशि परिवर्तन गर्ने हुँदा चन्द्रले राशिचक्रमा पार्ने प्रभाव पनि सवा दुई दिनमा परिवर्तन हुने गर्छ।
मंगल
मंगल ऊर्जाको प्रतिक हो। मंगल जातकका व्यक्तिहरु धेरै नै जाँगरिला हुन्छन्। मंगल जून १८मा मीन राशि प्रवेश गर्नेछ। जून २२ बेलुका ८ बजेर ५६ मिनेटमा मकरको मीन राशिमा प्रवेश हुनेछ।
बुध
कुण्डलीमा बुधको उपस्थितले मानिसहरुलाई विद्वान बनाउँछ। जून महिनामा बुधको कुनै पनि राशि परिवर्तन छैन । यधपी जून महिनाको १८ तारिखमा बुधले वक्री चाल भने शुरु गर्नेछ। त्यस दिन पश्चात बुधको उल्टो चाल शुरु हुनेछ।
शुक्र
जीवनमा सुख र समृद्धि शुक्रको शुभ प्रभावबाट मिल्ने गर्छ। जून महिनामा शुक्रको कुनै पनि राशि परिवर्तन छैन । यधपी जून २५ बाट भने शुक्रको सुल्टो चाल शुरु हुनेछ ।
शनि
जूनमा शनिको कुनै पनि राशि परीवर्तन छैन । लगभग साढे दुई वर्षपछि जनवरीमा शनिले राशि परिवर्तन गरेक थियो। हाल शनि मकर राशिमा छ।
बृहस्पति
जून महिनामा बृहस्पतिले राशि परिवर्तन गर्दैछ। जून ३० का दिन बिहान ३ बजेर २२ मिनेट जाँदा बृहस्पति मकर छाडेर धनु राशिमा फिर्ता हुनेछ ।
यी ग्रहचक्रमा हुने प्रतक्ष्य परिवर्तनको कारण राशिहरुलाई पर्ने समग्र असरको आधारमा महिना सबै भन्दा निम्न पाँच राशि हुनेहरुलाई फाइदाजनक सावित हुन सक्छ।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
महिनाभर हुने राशि परिवर्तन तथा ग्रह स्थितिका कारण मेष राशि हुनेहरुलाई धेरै लाभ मिल्नेछ। आर्थिक रुपमा महिना सुखद बित्नुका साथै नयाँ क्षेत्रमा लगानी गर्ने मौका प्राप्त हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। नयाँ सम्बन्धले पनि लाभ दिलाउन सक्ला। जागिरे तथा विद्यार्थीहरुको लागि पनि महिना सुखद रहने देखिन्छ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
जून महिना सिंह राशि हुनेहरुका लागि पनि धेरै लाभदयाक रहने देखिन्छ। सफलताको हिसाबले महिना उत्तम रहनेछ। महत्वाकांक्षी योजनामा सहभागी हुने मौका मिल्नेछ । नयाँ कार्य थलानीमा परिवारको सहयोग तथा समर्थन प्राप्त हुनेछ। व्यवसायमा सरकारी क्षेत्रबाट पूर्ण सहयोग मिल्नेछ भने उच्च अधिकारीहरूसँगको सम्बन्धले पनि फाइदा पुर्याउनेछ।
कन्या – टो, प, पि, पु, ण, ठ, पे, पो (Virgo)
महिनाभर हुने सम्पूर्ण ग्रहको छल परिवर्तन कन्या राशिको पक्षमा हुने देखिन्छ। कला तथा खेलकुदको क्षेत्रमा रहनेहरुको लागि महिना धेरै नै लाभप्रद रहनेछ। व्यवसायीहरुको लागि पनि महिना दुखद रहला। स्वास्थ्यमा रहेका समस्या देखि छुटकारा मिल्नुका साथै उर्जा बढ्न सक्ला। मिहिनेत गर्दा आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सफल पनि भइनेछ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
पूरै महिना मकर राशि हुनेहरुको लागि सुखद रहनेछ। गरिएका हरेक प्रयास सफल हुनेछन्। बिग्रिएका सम्बन्ध सुध्रिनेछ्न्न भने आफन्तजनबाट हरेक कार्यमा समर्थन मिल्नेछ। साथै यस महिना कानुनी रुपमा रहेका समस्या देखि पनि छुटकारा मिल्ने देखिन्छ। घरमा धार्मिक कार्यक्रमको आयोजना हुन सक्ने देखिन्छ। परिवारमा नयाँ व्यक्तिको आगमन पनि हुन सक्ला।
मीन -, दु, थ,ञ, दे, दो, च, चि (Pisces)
काम बन्नुका साथै भौतिक साधन जुट्नाले महिना उत्साहजनक रहनेछ। लगनशीलताले नयाँ काम गर्ने अवसर दिलाउनेछ। बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। शत्रु तथा प्रतिष्पर्धीहरुलाई सहजै पराजित गर्न सफल भइएला। विशेष व्यक्तिबाट विशेष उपहार मिल्न पनि सक्ने देखिन्छ। सम्बन्धलाई नयाँ पन दिने मौका पनि मिल्न सक्ला।