काठमाडौँ – म्याग्दीको एक क्वारेन्टाइनमा बसेका युवक बेपत्ता भएका छन्। मालिका गाउँपालिका ६ दरबाङस्थित छ्यारछ्यारेमा रहेको जनप्रिय माविको क्वारेन्टाइनबाट मंगलबार एक युवक बेपत्ता भएका हुन्।
बगेर बेपत्ता हुनेमा धवलागिरी गाउँपालिका ७ धारापानीका १९ वर्षीय राजेश थापा रहेका छन्। म्याग्दी नदीमा पौडी खेल्नेक्रममा उनी मंगलबार दिउँसो बेपत्ता भएको बताइएको छ।
इलाका प्रहरी कार्यालय दरबाङका अनुसार बेपत्ता भएका उनी एक्लै पौडी खेल्न गएका थिए। बेपत्ता भएका उनको अहिले खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ।
प्रहरीले दिएको जानकारी अनुसार उनी तीन दिन अगाडी मात्रक क्वारेन्टाइनमा आएका थिए।
वनका फलफूलले भुलायो बन्दाबन्दीमा गाउँ फर्किएकालाई
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरिएको बन्दाबन्दीका कारण गाउँ पुगेका नागरिक जङ्गली फलफूलमा रमाइरहेका छन् ।
विदेश र शहरबाट आएकाहरुको दुई महिनादेखिको बसाइले गाउँबस्तीमा चहलपहल बढाएको छ । बालबालिकादेखि पाका उमेरका मानिसको चहलपहलले चाडपर्व आएझैँ भएको धवलागिरि गाउँपालिका–७ ताकमका नरनाथ आचार्यले बताए। “कामविशेषले शहरबजार गएकाहरु गाउँमा आएका छन् । अहिले बन्दाबन्दीले गर्दा सबै घरमै छन्”, उनले भने, “काफल, ऐसेलु पाक्ने सिजन पनि यही हो । घर आएका मान्छेहरु त्यहीमै रमाएर बसेका छन् ।”
पछिल्लो समय गाउँका बस्ती सुनसान, खेतबारी र बाटाघाटा झाडीमा परिणत भएका थिए । गोठाला र खेतालाका गीत सुन्न छोडिएको थियो । पँधेरामा पानी खाने र पोखरीमा पौडी खेल्ने बालबालिका थिएनन् । वनका ऐसेलु, काफल, चुत्रो, जानमान्द्रो, मच्छ्यान्नो चराचुरुङ्गीको आहारामा सीमित थिए । भुइँमा झरेर कुहिनुको विकल्प थिएन । कोरोनाले काफल, ऐसेलु, चुत्रो, तिजु, जानमान्द्रोको झ्याङमा लुकामारी गर्ने अवसर जुराएको ताकमका विनोद घर्तीको भनाइ छ । “जङ्गलमा काफल ऐसेलु खान पाउँदा बाल्यकालको याद आइरहेको छ”, उनले भने, “साथीभाइसँग भेट भएको छ । कोरोनाको डर भए पनि गाउँको लामो बसाइँ रमाइलै भएको छ ।”