“विभेद नेपालमा मात्र होइन, अमेरिकामा पनि छ” -गृहमन्त्री

काठमाडौँ – गृहमन्त्री रामबहादुर थापा बादलले पश्चिम रुकुमको चौरजहारी नगरपालिका- ८ सोतीमा घटेको घटना र अमेरिकामा केहि दिन अगाडी घटेको घटनासँग तुलना गरेका छन्।

मंगलबार बसेको संघीय संसद प्रतिनिसभा अन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा पश्चिम रुकुम घटनालाई लिएर सांसदहरुले सोधेको प्रश्नको उत्तर दिँदै सोतीको घटना र अमेरिकामा केहि दिन अगाडी घटेको घटना उस्तै-उस्तै रहेको बताएका हुन्।

संसारको सबैभन्दा शक्तिशाली, सबैभन्दा समृद्ध र सबैभन्दा बढी सभ्य, लोकतान्त्रिक मानिएको अमेरिकामा समेत जातीय र रंगभेद अन्त्य हुन नसकेको गृहमन्त्रीले बताए।

“यसलाई स्वाभाविक सामाजिक प्रक्रियाको रूपमा मानौं । संसारको सबैभन्दा शक्तिशाली, सबैभन्दा समृद्ध र सबैभन्दा बढी सभ्य, लोकतान्त्रिक भन्ने देश अमेरिकामा पनि यही समयमा यस्तै घटना घटेको छ। त्यहाँको घटना र ठीक यही समयमा यहाँ भएको घटनामा केही समानताहरू छन् । तर त्यहाँ राज्यबाटै विभेद भएको छ । कानुनहरू त्यहाँ पनि छन्, कार्यान्वयनमा फितलो छ ।”,उनले भने।

यस्तै उनले जातीय विभेदका घटनामा कमी ल्याउन सरकार सफल भएको पनि दाबि गरेका छन्। यधपी जायती विभेद विरुद्ध अभियान भने जारी रहेको उनले बताए।

समाजबाट जातीय विभेद अन्त्यका लागि सांस्कृतिक रूपान्तरणको अभियान संचालन गर्नुपर्ने उनले धारणा राखे। साथै उनले रुकुमको घटनामा संलग्न सबैलाई कानुनी कारबाही गरिने प्रतिवद्धता पनि व्यक्त गरे।

प्रकाशित : मङ्गलबार, जेठ २०, २०७७१२:३३

कोरोना संक्रमणबाट मृत्यु भएका परिवारलाई प्रदेश सरकारले रु एक लाख दिने