गोठालो गएका ३ बालिकाको बगेर मृत्यु !

काठमाडौँ – भेरी नदीमा बगेर ३ बालिकाको ज्यान गएको छ। भेरी नदीमा बगेर डोल्पामा ३ बालिकाको मंगलबार ज्यान गएको हो।

ज्यान गुमाउनेहरुमा ठूलीभेरी नगरपालिका–९, मोतिपुरकी १२ वर्षीया यशोधा भण्डारी, अन्दाजी १०-११ वर्षीया गंगा कठायत र १० वर्षीया विजया कठायत रहेका छन्। डोल्पा मोतीपुरस्थित भेरी नदी किनारमा गोठालो गएका उनीहरु नदीपारि गाई फर्काउन जाँदा नदीमा फसेर बगेको हुन सक्ने प्रहरीको अनुमान छ।

ज्यान गुमाएका मध्ये यशोधा र विजयालाई भेरी नदीमा बग्दै गरेको अवस्थामा उद्दार गरी जिल्ला अस्पताल पुर्‍याइएपछि अस्पतालले मृत घोषणा गरेको र गंगा भने बगेको स्थानबाट ५ किलोमिटर तल मृत फेला परेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।

भेरीमा बग्दै गरेका बालिकाहरुको जिल्ला प्रहरी कार्यालय, प्रहरी चौकी कालागौंडा र प्रहरी चौकी त्रिपुराकोटको टोली उद्धार गरेको बताइएको छ।

प्रकाशित : मङ्गलबार, जेठ २०, २०७७१३:०९

विदेशबाट फर्कने प्रदेश १ र २ का नागरिकलाई सल्लाघारी र थिमिमा राखिने !