भारत छाडेर स्वदेश फर्किइन् मनिषा कोइराला !

काठमाडौँ – अभिनेत्री मनिषा कोइराला नेपाल भित्रिएकी छन्। अभिनेत्री कोइराला मंगलबार भैरहवा (बेलहिया) नाका हुँदै नेपाल प्रवेश गरेकी हुन्।

कोइराला आफ्ना बुबा र आमासँगै निजी गाडीमा स्वदेश फर्किएको बताइएको छ। सीमामा आइपुगेपछि कोइराला सहित उनको परिवारलाई नेपाली सेनाको एक टोलिले लिएर गएको प्रत्यक्षदर्शीहरुले बताएका छन्।

कोइराला सहित उनका बाबु-आमा नेपाल प्रवेश गरेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले पुष्टि गरेका छन्। नेपाल फिर्ता भएकी उनी १४ दिन होटेल क्वारेन्टाइनमा बस्नेछिन् भने उनको कोरोना परीक्षण पनि हुनेछ।

कालापानी-लम्पियाधुरा लगायतक क्षेत्र समेटेर सरकारले सार्वजनिक गरेको नक्साको विषयलाई लिएर गरेको एक ट्वीटका कारण कोइराला माथि भारतीय मिडियाहरुले अनेक प्रचारवाजी गरेका थिए।

अभिनेत्री कोइरालाले सरकारले सार्वजनिक गरेको नक्सालाई समर्थन गर्दै सीमा विवाद नेपाल, चीन र भारतले आपसी वार्ता मार्फत सुल्झाउनुपर्ने बताएकी थिइन्। जसपश्चात भारतीय मिडियाहरुले उनी माथि अनेक आरोप लगाएका थिए।

प्रकाशित : मङ्गलबार, जेठ २०, २०७७१३:५७

कोरोना भाइरस ‘लेभल–२’मा : ‘जनस्वास्थ्य विपद् अवस्था’ आकर्षित हुने !