घुस सहित रङ्गेहात दुई पक्राउ !

ताप्लेजुङ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु दुई लाख घुस लिएको अभियोगमा ताप्लेजुङका दुई सहायक वन अधिकृतलाई पक्राउ गरेको छ ।

डिभिजन वन कार्यालय ताप्लेजुङका सहायक वन अधिकृतद्वय वीरेन्द्र शाह र जीवनकुमार यादवलाई मङ्गलबार साँझ रु दुई लाख घुससहित रङ्गेहात पक्राउ गरिएको हो ।

उनीहरुले सेतक चिनीको छोडपूर्जी बनाएवापत सेवाग्राहीसँग घुस माग्ने गरेको भन्ने सूचना अख्तियारमा पुगेको थियो । सोहीअनुसार अख्तियारको इटहरी कार्यालयबाट खटिएको टोलीले सेवाग्राहीबाट रु एक/एक लाख घुस लिँदै गर्दा रङ्गेहात नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीका प्रमुख चक्रबहादुर बुढाले जानकारी दिए।

नियन्त्रणमा लिइएका दुवै जनालाई थप अनुसन्धानका लागि काठमाडौँ पठाइने बताइएको छ । अख्तियारका अनुसार सेवाग्राही र सेवा प्रदायकबीच कार्यालयमा नै घुस रकमको लेनदेन भएको थियो ।

अस्पताल भरिएपछि विद्यालय र क्याम्पसमा आइसोलेसन

सरकारी तथा निजी अस्पतालमा रहेका आइसोलेसनकक्ष भरिन थालेपछि बागलुङमा विद्यालयमा आइसोलेसन बनाउने विकल्प खोज्न थालिएको छ ।

यसअघि निर्माण भएका १६ श्ययाका आइसोलेसनकक्ष भरिभराउ हुन थालेपछि विकल्पको खोजी हुन थालेको हो । भारतबाट आएकामा धमाधम कोरोना सङ्क्रमण देखिन थालेपछि थप आइसोलेसन वार्ड बनाउन जिल्ला कमाण्ड पोष्टसहित सरोकारवाला जुटेको जिल्ला कमाण्ड पोष्ट बागलुङका संयोजक गौलोचन सैँजूले बताए । सदरमुकामका विद्यालय, क्याम्पस र सदरमुकाम आसपासका सम्भावित स्थानको खोजी थालिएको हो ।

“हामी तयार रहनुपर्छ भन्ने हो सम्भावित ठाउँका विषयमा छलफल चलेको छ”, सैँजूले भने, “सदरमुकाम बाहिरका स्थानका विषयमा समेत सम्बन्धित स्थानीय सरकारसँग छलफल थालेका छौँ ।”

यसअघि सदरमुकाममा रहेको धवलागिरि अस्पातलमा १२ श्यया, सदरमुकाममै रहेका निलगिरि अस्पताल, सफल पोली क्लिनिक र गलकोटमा रहेको आरोग्य अस्पतालमा गरी चार श्ययाको आइसोलेसन तयार गरिएको थियो । अहिले धवलागिरि अस्पतालमा एक शङ्कास्पदसहित सात जनाको आइसोलेसनमै उपचार हुँदैछ भने अरु तयार रहेका आइसोलेसन बाँकी छन् ।

प्रकाशित : बुधबार, जेठ २१, २०७७०६:०८

पिता कीर्तिपुरबाट पक्राउ !