अस्पतालमा कोरोना देखिएपछि काठमाडौं मेडिकल कलेजका सम्पूर्ण सेवा बन्द !

काठमाडौँ – सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले आकस्मिकलगायत सम्पूर्ण सेवा स्थगित गरेको छ। अस्पतालमा कर्मचारी तथा बिरामीमा कोरोना भाइरस संक्रमणको पुष्टि भएसँगै अस्पतालले आकस्मिक सहितका सम्पूर्ण सेवा स्थगित गरेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं मेडिकल कलेजका चार जना स्वास्थ्यकर्मीमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको बताएता पनि अस्पतालले भने अस्पतालमा दुई जना स्वास्थ्यकर्मीमा मात्रै कोरोनाको पुष्टि भएको जनाएको छ। अस्पतालमा अनुसार कोरोना संक्रमणको पुष्टि हुने अन्य दुई जना अस्पतालमा उपचाररत बिरामी छन्।

अस्पतालले बुधबार आकस्मिकलगायत सम्पूर्ण सेवा स्थगित गरेको बारे एक विज्ञप्ति जारी गर्दै जानकारी गराएको छ। अस्पतालका अनुसार अर्को सूचना प्रकाशित नभए सम्म अस्पतालका सम्पूर्ण सेवा बन्द हुनेछन्।

“दुई जना स्वास्थ्यकर्मीहरूलाई कोभिड पोजेटिभ देखिएको हुँदा संक्रमण जोखिमका दृष्टिले हाल यस अस्पतालबाट प्रभाहरत आकस्मिक लगायतका विभागहरूमा निर्मलीकरण गर्नुपर्ने अवस्था आएकोले सम्पूर्ण सेवाहरू अर्को सूचना प्रकाशित नभइन्जेल सम्मको लागि स्थगित गरिएको जानकारी गराइन्छ।”,अस्पतालले विज्ञप्ति जारी गर्दै भनेको छ।

मंगलबार नै सोहि अस्पतालमा स्वास्थ्य परीक्षण गराउन गएकी एक गर्भवतीमा पनि कोरोनाको पुष्टि भएको थिए। कोरोना पुष्टि भएकी चाँगुनारायण नगरपालिका–३ की स्थानीय महिला काठमाडौं मेडिकल कलेज बाहेक अन्य कुनै ठाउँमा नगएको बताइएको छ। उनीमा अस्पतालबाटै कोरोना भाइरस संक्रमण सरेको हुन सक्ने नुअमान गरिएको छ।

प्रकाशित : बुधबार, जेठ २१, २०७७०६:३९

नेपालमा सङ्क्रमितको संख्या १५ हजारसम्म पुग्न सक्ने, सबैलाई अस्पतालमा राख्न भने नसकिने !