एमसिसी विरुद्ध विप्लव नेकपा: पोखरामा ओली र देउवाको पुत्ला दहन !

काठमाडौँ – अमेरिकी सहायता परियोजना ‘मिलेनियम च्यालेन्ज कर्पोरेशन’ (एमसिसी) सम्झौता संसदबाट पारित नगर्न माग गर्दै प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले देशका दुई शिर्ष नेताहरुको पुत्ला दहन गरेको छ ।

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले बुधबार पोखरामा बुधबार प्रधानमन्त्री केपीशर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको पुत्ला दहन गरेको हो।

एमसिसी सम्झौंता राष्ट्रघाती रहेको भन्दै नेकपाका कार्यकर्ताहरुले अस्थायी प्रहरी बिट नयाँबजार भन्दा १०० मिटर पर सेती नदीस्थित घाटमाप्रधानमन्त्री ओली र काँग्रेसका सभापति देउवाले पुत्ला दहन गरेका थिए। साथै पुत्ला दहनका क्रममा नाराबाजी समेत गरिएको थियो।

आगामी आर्थिक वर्षको बजेटमा समेत सरकारले एमसिसी सम्झौता अन्तर्गतका कार्यक्रम समावेश गरेको र प्रतिपक्षले समेत समर्थन गरेको हुँदा आफूहरु बिरोधमा उत्रिएको नेकपाका कास्की सेक्रेटरी विजयको भनाई छ।

प्रकाशित : बुधबार, जेठ २१, २०७७०९:५३

काखे छोरी माइतीमा छाडेर कोरोना अस्पतालको नेतृत्व गर्दै डा शान्ति !