“ओलीले भारतको राष्ट्रिय चिन्ह, प्रतिक बारे टिप्पणी गर्नु गलत, वार्ता नगरी ओलीले जनता उचाले”

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. अमरेशकुमार सिंहले केन्द्रीय कमिटिको निर्णय अनुसार नै गैरसरकारी विधेयक दर्ता गराएको बताएका छन्।

रेडियो एनआरएनको नेपाली बहसमा ऋषि धमलासँग कुराकानी गर्दै उनले पार्टीको निर्णय अनुसार नै गैरसरकारी संशोधन विधेयक दर्ता गराएको बताएका हुन्।

नेपाली जनताकोबीचमा समानता, सहअस्तित्व, सहकार्य र राष्ट्रियता बलियो बनाउनको लागि आफूहरुले गैरसरकारी विधेयक दर्ता गराएको पनि उनले दावी गरे। शेरबहादुर देउवाको पालामा संख्या नपुगेर विफल भएको संशोधनको विधेयकलाई पार्टीकै निर्णयमा दर्ता गराएको उनको भनाई छ।

सीमाको विषयमा सरकारले ल्याएको संशोधनको विधेयकमा आफूहरुको समर्थन प्रष्ट रहेको उनले बताए। सरकारले दर्ता गराएको संशोधन प्रस्तावको पक्षमा कांग्रेसको मतदान गर्ने उनले स्पष्ट पारे। साथै उनले आफूहरुले दर्ता गराएको विधेयकको समर्थन गर्न नेकपालाई आग्रह पनि गरे।

यस्तै उनले भारतसँग प्रधानमन्त्री केपी शर्मा ओलीले वार्ता गर्न नचाहेको आरोप लगाएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले वार्ताको लागि पहल नै नगरेको उनको आरोप छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले वार्ता गर्न नचाहेरै संसद्मा भारतको राष्ट्रिय चिन्ह, प्रतिक बारे अनावश्यक टिप्पणी गरेको नेता सिंहले आरोप लगाए। प्रधानमन्त्री ओलीले ठाउँमा कुरा गर्ने भन्दा पनि जनता उचाल्ने काम गरेको उनको भनाई छ। माधव नेपाल समूहले सरकार गिराउन खोजेको समयमा ओलीले नक्सालाई तुरुपको रुपमा अगाडी सारेको बताए।

प्रकाशित : बुधबार, जेठ २१, २०७७१२:५७

जनमोर्चाको संशोधन प्रस्ताव – ‘संघीय प्रणालीकै कारण नेपाल पछाडी पर्दैछ, खारेज गरियोस्’