एजेन्सी। प्राय सबैले पूजाआर्जा गर्दा फूललाई निकै पवित्र सम्झेर चढाउँने गर्दछन् । फूल नभई पूजाआर्जा कार्य सम्पन्न हुन सक्दैन् । पुजाआर्जा गर्नको लागी फूललाई विशेष प्राथमिकता दिइन्छ ।
फूललाई पूजाकोठोमा सजाएर पूजा गर्दा मन निकै आनन्दमय हुन्छ । धेरै पहिले देखि देवतालाई चढाएको फूल जथाभावि रुपमा फाल्नु हुदैन । नदि वा तलाउँमा बिसर्जन गर्नुपर्दछ, भन्ने मान्यता रहेको छ । देवतालाई चढाएको फूलले निकै पवित्र हुन्छ । उक्त फूललाई अपहेलना गरि जथाभावि फाल्नेलाई पाप लाग्ने, दरिद्र हुने कुरा धर्मशास्त्रमा उल्लेख गरिएको छ ।
पछिल्लो समयमा बासी फूललाई नदि तलाउँमा फाल्ने भन्दा पनि सबै फोहोरमा मिसाएर फाल्न थालिएको छ । देवतालाई चढाएको फूल मूर्तिमा छोइएको र मूर्तिको आसपासमा भएको कारणले यस्ता फूलमा शक्ति हुने विश्वास रहदै आएको कुरा हो
। देवतालाई फूल चढाएपछि बासी फूललाई निकाल्दा सुँघ्ने गनुपर्दछ । देवतालाई चढाएको फूल सुँघेमा इर्नर्जी प्राप्त भई बलियो होइन्छ, किनकि फुलमा पोजेटिभ इर्नर्जी पाइन्छ । तर धर्मशास्त्रमा देवतालाई चढाएको फूलमा जस्तो शक्ति अन्य फूलमा हुदैन भनि व्याख्या गरिएको छ ।
बिहानको समयमा फूल चढाइएको छ भने भोलिपल्ट बिहान नभइकन फूल हटाउँने चलन छैन् तर बिहान चढाएको फूल साझ आरती गर्दा हटाउँनुपर्दछ । देवतालाई हरेक समयमा ताजा फूल चढाउनुपर्ने कारणलाई गर्दा वास्नालाई विशेष ध्यान दिनुपर्दछ ।