डार्क सर्कल आजकल अधिकांश मानिसको समस्या हुन पुगेको छ। जुन अत्यधिक तनाव र प्रेसरका कारणले देखिने गर्छ। यसका अलवा रातमा राम्रो संग सुत्न नपाएको कारणले गर्दा पनि आँखाको मुनिको भागमा काला धब्बा आउन सक्छन। यसले शारीरिक आकर्षणमा समेत आंच आउन सक्ने भएकाले डार्क सर्कललाई बेवास्ता भने गर्नु हुदैन। आजकल बजारमा यस्ता बिभिन्न समस्याको समाधान गर्ने अनेक ब्युटी प्रोडक्टहरु आइसकेका भएता पनि आज हामी बिना पैसा डार्क सर्कलको समस्याबाट छुटकारा पाउने टिप्सको बारेमा जानकारी दिदैछौ।
ती के के हुन् त?
१. आलुको रस
डार्क सर्कलको समस्या भएकाहरुका लागि आलुको रस वरदान साबित हुन सक्छ । आलुको रसलाई कुनै कटनको कपडामा राखी करिब १० मिनेट जति आँखा बन्द गरेर राख्ने र सफा पानीले धुने गर्नाले यस्ता समस्याबाट तत्काल छुटकारा पाउन सकिन्छ।
२. गोलभेडा
डार्क सर्कलको समस्याबाट छुटकारा पाउनका लागि गोलभेडाको प्रयोग एकदम लाभदायक मान्ने गरिन्छ । यसले प्राकृतिक रुपमा नै डार्क सर्कललाई हटाई छालालाई समेत कोमल बनाई राख्न मदत गर्छ। यसको प्रयोगको लागि सर्वप्रथम एक चम्चा टमाटरको जुस र अलिकति कागतीको रसलाई मिलाएर आँखा मुनिको कालो घेरामा लगाउने र १० मिनेट पश्चात धुने गर्नाले लाभ हुनेछ। यसको प्रयोग कम्तिमा पनि दिनमा २ पटक गर्नाले यसबाट मुक्ति पाउन सकिन्छ ।
३. टि ब्याग
टि ब्यागको प्रयोग गरेर समेत डार्क सर्कलको समस्याबाट छुटकारा पाउन सकिन्छ। यसका लागि चियाको प्याकेटलाई पानीमा भिजाई फ्रिजमा राख्ने र चिसो भएपछी आँखाको माथि राख्नाले तत्कालै यस्तो समस्याबाट छुटकारा पाउन सकिन्छ।
४. सुन्तलाको रस
सुन्तलाको रसमा केहि मात्रामा ग्लिसिरिन मिसाई डार्क सर्कलमा लगाउनाले डार्क सर्कलबाट छुटकारा पाउनुका साथै यसले छालालाई पनि चम्किलो बनाई राख्न मदत गर्छ।
५. काँक्रो
अधिकांश मानिसले डार्क सर्कलको समस्याबाट छुटकारा पाउनका लागि काँक्रोको प्रयोग गर्ने गरेका छन। काँक्रोलाई गोलाकार गरी काटेर करिब ३० मिनेट जति फ्रिजमा राख्ने त्यसपछि काँक्रोको टुक्रालाई आँखामा करिब १० मिनेट जति राख्ने गर्नाले डार्क सर्कल हुने समस्याबाट छिट्टै छुटकारा पाउन सकिन्छ।