सुतेर बिहान उठ्ने बेलामा ध्यान दिनुहोस यी कुराहरु, जसले दिन्छ दिनभर स्फूर्ति

जुनसुकै काम गर्नेको पनि एउटा  तरिका हुन्छ , खाने , बोल्ने , बस्ने , सुत्ने आदि तर थाहा छ ऒछ्यानबाट उठ्ने पनि छुट्टै तरिका हुन्छ नि , यदि यँहाहरुले यो तरिका अपनाउने गर्नु भयो भने दिनभर आफुले स्वस्थ र फुर्तिलो  महसुश गर्नुहुने छ।

सुतेर उठ्ने सहि तरिका

-आयुर्वेद र आधुनिक विज्ञान दुवैको एकै मान्यता रहेको छ बिस्ताराबाट उठ्दा दायापत्तिको साइडबाट उठ्नु पर्छ।  आयुर्वेदिक शास्त्र अनुसार शरीरको दायातर्फ सुर्यको नक्षत्र हुन्छ त्यसैले जब हामी दायाँ भागबाट सुत्छौँ तब यसले पाचन शक्तिलाई थप मजबुत बनाउनमा सहयोग गर्छ।

-विज्ञानका अनुसार हाम्रो  शरीरमा  चुम्बकीय क्षेत्र रहेको हुन्छ।  एउटा हाम्रो शिरदेखि पाउसम्मको भागमा हुन्छ भने अर्को पाउदेखि शिरसम्मको भागमा रहेको हुन्छ। त्यसैले जब जब दाया साइडबाट सुतेर उठिन्छ तब हाम्रो शरीरले अर्को चुम्बकीय क्षेत्रको निर्माण गर्दछ। यसले शरीरमा थप उर्जा दिने काम गर्दछ। यस सम्बन्धि अर्को भनाइ पनि यो रहेको छ शरीरको दायाँ भागबाट उठ्ने मानिस दिनभर फ्रेस र तनावमुक्त समेत हुन्छ।

कम्मरमा प्रेसर नदिने

दाया साइडबाट उठ्नेका अलावा यो कुरामा पनि विचार पुर्याउन जरुरी छ सुतेर उठ्ने बहाना कम्मरको भागमा कुनै असर अनि प्रेसर नपुगोस।  त्यसैले यसका लागि पनि निम्न उपायहरु अपनाउनु महत्वपुर्ण मानिन्छ।

हतारहतारमा नउठ्ने

जब हामी ऒछ्यानबाट उठ्दा झ्वाट्ट एक्कासी उठ्ने प्रयास गर्छौं तब यसबेला हाम्रो कम्मरमा असर पुग्न सक्छ।  त्यसैले बिस्तारै आराम गरि गरि बिस्तारा बाट उठ्नु पर्छ।

हातको सहाराले उठ्ने

बिस्ताराबाट उठ्नु भन्दा पहिले हातको सहाराले उठ्ने कोसिश गर्नुपर्छ ताकी काममा र गर्दनमा चोट नपरोस।

आरामले उठ्ने

सुतेर उठ्नु भन्दा पहिले  केहिबेर ऒछ्यानमा  मै उठेर बस्नु स्वास्थ्यका लागि राम्रो मानिन्छ। हतार हतार गरेर उठ्नु राम्रो बनि होइन।

प्रकाशित : बुधबार, जेठ २१, २०७७१७:०९

टाउकोमा लागेको चोटपटकलाई वेवास्ता नगर्नुहोस, ज्यानै समेत जान सक्छ जानिराखौं !