टाउकोमा लागेको चोटपटकलाई वेवास्ता नगर्नुहोस, ज्यानै समेत जान सक्छ जानिराखौं !

टाउको या मष्तिस्कमा कुनै चोटपटक लाग्नुलाई हेड इन्ज्युरी भन्ने गरिन्छ।  टाउकाको  हड्डी फ्याक्चर हुनु , मष्तिस्कको कुनै भाग क्षतिग्रस्त हुनु तथा रगत बग्नाले यसले बिकराल रुप लिन सक्दछ।

केलाई भनिन्छ हेड इन्ज्युरी 

टाउको या मष्तिस्कमा कुनै पनि प्रकारको घाउ या चोटपटक लाग्नुलाई हेड इन्ज्युरी भन्ने गरिन्छ। यसमा सानातिना घाउ खटिरा देखि लिएर गम्भीर  समस्या सम्म पर्न जान्छ । टाउकोमा लागेको चोटपटकलाई वेवास्ता गर्दा कुनै समय यो प्राणघातक सम्म हुन सक्ने भएकाले समयमा नै सजक हुनु आवश्यक छ।

हेड इन्ज्युरी भएमा के गर्ने

यदि टाउकोमा समस्याभएका कोहि लडिरहेको देखेको खण्डमा  सास फेरेको छ कि छैन जांच गर्नु पर्छ यदि बिरामीलाई सास फेर्न गाह्रो भएको छ भने उसलाई मुखबाट सास हालिदिनु पर्छ। साथै यदि घाउबाट रगत बगेको छ भने सफा कपडाले बाँधेर तत्काल अस्पताल पुर्याउनु पर्ने हुन्छ।

असर 

टाउकोमा चोट लागेको कारण मष्तिस्कको भित्र भित्र रगत जम्मा हुन् सक्ने सम्भावना रहन्छ। मष्तिस्कका तन्तुहरु ड्यामेज हुनाले पिडित व्यक्तिको स्मरण शक्ति गुम्ने सम्भावना रहन्छ।नर्वस सिस्टम ड्यामेज भएमा बिरामी व्यक्तिको ज्याननै समेत जान। सक्छ

प्रकाशित : बुधबार, जेठ २१, २०७७१७:१२

हातमा लगाएको मेहेन्दी हटाउने सोचमा हुनुहुन्छ ? अपनाउनुहोस यी घरेलु उपायहरु