२४ घण्टामा सबै भन्दा धेरै संक्रमित फेला पर्ने तेस्रो मुलुक बन्यो भारत, संक्रमित लगातार बढ्दै !

काठमाडौँ – भारत बितेको २४ घण्टामा सबै भन्दा बढी कोरोना भाइरस संक्रमित भेटिने तेस्रो मुलुक बन्न पुगेको छ। एकै दिन ९ हजार ६ सय ३३ जना संक्रमित थपिएसँगै भारत २४ घण्टामा सबै भन्दा बढी संक्रमित फेला पर्ने तेस्रो मुलुक बनेको हो। एकै दिन फेला परेका संक्रमितको यो संख्या भारतमा अहिले सम्मकै उच्च हो।

गएको दिन भारत भन्दा बढी संक्रमित अमेरिका र ब्राजिलमा मात्रै भेटिएका छन्। भारतमा बुधबार रसियामा भन्दा पनि बढी संक्रमित फेला परेका छन्।

कोरोनाबाट अति प्रभावित सातौं मुलुकको रुपमा रहेको भारतमा यो समाचार तयार पार्दा सम्म कोरोना भाइरस संक्रमितको संख्या २ लाख १६ हजार ८ सय २४ पुगेको छ।

यस्तै भारतमा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या पनि ६ हजार पुगेको छ। बितेको २४ घण्टामा २ सय ५९ जनाको ज्यान गएसँगै त्यहाँ मृतकको संख्या ६ हजार ८८ पुगेको हो। अहिले सम्म भारतक कुल संक्रमित मध्ये १ लाख ४ हजार ७१ जना निको भएर घर फर्किसकेका छन्।

पछिल्लो दुई हप्ता देखि भारतमा कोरोना भाइरस संक्रमितको संख्यामा उच्च वृद्धि देखिएको छ। पहिला २-३ हजार संकमित भेटिने गरेकोमा अहिले आएर भारतमा दैनिक १० हजार संक्रमित फेला पर्ने अवस्था आएको छ। आउने दिनहरुमा भारतमा संक्रमितको संख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ।

प्रकाशित : बिहिबार, जेठ २२, २०७७०२:४४

महाकाली अस्पतालको आइसोलेसन सङ्क्रमितले भरियो !