मातेको झोँकमा वडाध्यक्षले मच्चाए ‘बबण्डर’, क्वारेन्टिनमा राखियो !

काठमाडौँ, हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेका स्थानीय बासिन्दाले वडाध्यक्ष ज्ञानबहादुर पुरीलाई क्वारेन्टिनमा राखेका छन् ।

वडाध्यक्ष पुरी गए राति मा-दक पदार्थ सेवन गरेर क्वारेन्टिनमा बसेकाहरुसँग सम्पर्कमा गएको फेला पारेपछि स्थानीय बासिन्दाले बुधबारदेखि क्वारेन्टिनमा राखेका हुन् । मङ्गलबार दिउँसैदेखि मा-दक पदार्थ सेवन गरेका वडाध्यक्ष पुरीले झापाबाट आएर वडा कार्यालयले बनाएको क्वारेन्टिनमा बसेका एक युवकको मोबाइलसमेत खोसेको स्थानीय बासिन्दाको आरोप छ ।

“दैनिक मा-दक पदार्थ सेवन गरेर बस्नुहुने वडाध्यक्ष पुरीले मातेको झोँकमा गए राति क्वारेन्टिनमा बसेकालाई हप्काउनुका साथै एक युवकको मोबाइलसमेत खोसेर लानुभएको छ”, एक स्थानीय बासिन्दाले भने, “क्वारेन्टिनमा बसेकाहरुसँगको सम्पर्कमा जानुभएका वडाध्यक्ष पुरीबाट कोरोना भाइरसको सङ्क्रमण सर्ने खतरा भएकाले उनलाई नै क्वारेन्टिनमा राखिएको हो ।”

वडाध्यक्ष पुरीले गएराति क्वारेन्टिनमा खटिने स्वास्थ्यकर्मी तथा कर्मचारीलाई समेत हप्कीदप्की गरेको प्रत्यक्षदर्शीले बताएका छन् । अधिकांश समय मा-दक पदार्थ सेवन गरेर बस्ने वडाध्यक्ष पुरीले कार्यालयमा खटिएका कर्मचारीलाई आफ्नै घरमा आएर हाजिर गर्न लगाउने गरेको एक कर्मचारीले बताएका छन् । वडाध्यक्ष पुरीलाई बुधबारबाट १४ दिनसम्म क्वारेन्टिनमा राखिने नगरप्रमुख इवन राईले बताएका छन् । “हामीले लागू गरेको नियम सबैलाई लागू हुन्छ”, उनले भने, “वडाध्यक्ष पुरीले नियम उलङ्घन भएकाले उनलाई नगरपालिकाकै तर्फबाट १४ दिनसम्म क्वारेन्टिनमा राखिएको हो ।”

एघार वडा कार्यालय रहेको नगरपालिकाको विभिन्न ठाउँमा निर्माण गरिएका क्वारेन्टिनमा अहिले नौ जना रहेको नगरपालिकाको स्वास्थ्य सहसंयोजक प्रकाश घिमिरेले जानकारी दिएका छन् । क्वारेन्टिनमा बस्ने व्यक्तिको स्वास्थ्योपचार तथा खानाको व्यवस्था नगरपालिकाले गर्ने गरेको जनाइएको छ । एक सङ्क्रमित युवक भेटिएको उक्त नगरपालिकामा ११४ स्थानीय बासिन्दाको स्वाब सङ्कलन गरेर पिसीआर परीक्षण गरिएको जनाइएको छ । काठमाडौँबाट उद्धार गरेर ल्याइएका २० वर्षीय युवकमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि उनको परिवार तथा उनीसँगै बसमा यात्रा गरेर आएकाहरुको स्वाब सङ्कलन गरेर पिसीआर परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको थियो ।

प्रकाशित : बिहिबार, जेठ २२, २०७७०४:०२

चक्रवात ‘निसर्ग’ को नेपालमा प्रभाव, मौसममा व्यापक बदलि !