काठमाडौँ – विभिन्न देशमा अलपत्र परेका नेपालीहरु उद्धार हुने भएको छ।
पहिलो पटक युएई र म्यानमारमा रहेका नेपालीहरुलाई उद्धार हुन लागेको हो। परराष्ट्र मन्त्रालय श्रोतका अनुसार उक्त कार्य शुक्रबार बाटै शुरु हुनेछ।
विभिन्न देशका सरकारले अलपत्र परेका नेपालीलाई आफैं पठाइदिन लागेको र ती मध्ये युएई र म्यानमारले शुक्रबार नेपाली नागरिकहरु विमानमा पठाउन लागेको बताइएको छ।

sf7df8f}F, !( h]7 M
lqe”jg cGt//fli6«o ljdfg:yndf ;fdflhs b’/L sfod xf]; eGgsf nflu agfOPsf ;fªs]lts kfOnf . oxL kfOnfdf 6]s]/ ofq’x? cfkmgf] ofqf to ug]{ 5g . t:jL/ M rGb|snf If]qL÷/f;;
शुक्रबार युएईबाट १ सय ७९ जना र म्यानमारबाट ३५ जना गरी २१४ जना नेपाली फर्काउने तयारी रहेको छ। आफ्ना नागरिकको उद्धारका लागि नेपाल आउने तयारी गरेको म्यान्मारले उताबाट नेपाली पनि बोकेर आउन लागेको हो। नेपाल फर्किने सम्पूर्णको खर्च पनि म्यानमारले नै बेहोर्नेछ।
यस्तै युएईले शुक्रबारदेखि ८ वटा चार्टर फ्लाइटमा नेपालीलाई फर्काउने भएको छ। नेपाल फर्काउन लगिएका नेपालीहरु सूची यस अगाडी नै त्यहाँको सरकारले नेपाल पठाइसकेको छ।
परराष्ट्र मन्त्रालयका अनुसार कुवेतले पनि आममाफी पाएका ३ हजार श्रमिक सहित ५ हजार नेपालीलाई आफैं फर्काइदिने भएको छ।