लाफिङ बुद्धलाई घरको यस स्थानमा राख्दा हुन्छ नसोचेको लाभ !

हिन्दू धर्ममा कुबेरलाई धन वृद्धि गर्ने भगवान मानिएको छ भने चीनमा लाफिङ बुद्धलाई शुभ र धन वृद्धि गर्ने  देवता मानिएको छ । निकै मानिसहरुले यस कुरालाई विश्वास गरेर लाफिङ बुद्धलाई घरमा ल्याएर राख्ने गर्दछन् ।

लाफिङ बुद्धको मुर्ति घरमा जथाभावी राखे काम नबन्ने वास्तुको भनाई रहेको छ । लाफिङ बुद्धलाई राख्नको लागी दिशा र स्थानलाई ध्यानमा राख्न जरुरी रहेको छ । यानी तपाईको जरूरत अनुसार घरमा लाफिङ बुद्ध राख्नुहोस् ।

कुनैपनि घरमा पूर्व दिशालाई परिवारको भाग्य र सुख शान्तिको स्थान मानिने गरिन्छ । तपाई आ-आफ्नो घरको सदस्य बीच आपसी प्रेम र तालमेल बढाउन चाहनुहुन्छ भने एउटा लाफिङ बुद्ध पूर्व दिशामा राख्नुहोस् जो आफ्नो दुवै हात उठाएर हासीरहेको होस् ।

फेंगशुईको नियम अनुसार लाफिङ बुद्धलाई आफ्नो घरमा दक्षिण पूर्व दिशा राख्नु भयो भने यस दिशाको सकारात्मक उर्जा बढ्ने गर्दछ र धन, सुखलाई आकर्षित गर्ने गर्दछ । साथै आफ्नो घरमा भएका सदस्यहरुको आम्दानी बढ्ने गर्दछ ।

जागीर, व्यवसाय, तपाइको विरोधिहरुबाट चिन्तित हुनुहुन्छ भने यसमा पनि यसले राहत पुर्याउने गर्दछ । लाफिङ बुद्धलाई घरमा या जहाँ राखे पनि यस कुराको ध्यान दिनु आवस्यक रहेको छ । लाफिङ बुद्धको उचाई तपाइको आखा बराबरसम्म होस् । यानी लाफिङ बुद्ध यस्तो ठाउँमा रहुन कि तपाई आउदा आउदै तपाइको नजर सिधै लाफिङ बुद्धमाथी परोस ।

अधिक उचाई या होचोमा यसलाई राख्न हुदैन । जसरी गणेशको मुख ढोकातर्फ हुनु शुभ मानिन्छ यस्तै मुख्य ढोका तर्फ हेर्दै गरेको लाफिङ बुद्ध धन वृद्धिलाई आकर्षित गर्ने  मानिन्छ ।

प्रकाशित : बिहिबार, जेठ २२, २०७७१३:३१

यी ४ चिज दान गर्दा वरदान नभई अभिशाप मात्रै मिल्छ ! हेर्नुहोस् दान गर्न नहुने वस्तुहरु !