ल्वाङ पानीको फाइदै-फाइदा : खालीपेटमा ल्वाङको पानी पिउँदा यी रोग देखि छुटकारा मिल्छ !

ल्वाङको सेवन मसलाको रुपमा अधिकांश  मानिसहरुले सेवन गर्ने गर्दछन् । खासगरी ल्वाङमा  युजन नामक तत्व पाइन्छ । युजनले धेरै प्रकारका स्वास्थ्य समस्यालाई समधान गर्दछ ।ल्वाङको सेवनले घाँटीको दुखाइको निको बनाउँछ बारेमा धेरैलाई अवगत भएको कुरा हो ।

भारतका आयुर्वेदिक विज्ञ अबरात मुल्तानीले ल्वाङको सेवनले बान्ता हुन नदिने, पेटको समस्या समाधान गर्ने, तनावलाई कम गर्ने र जीउँ दुख्ने लगायतका समस्यालाई समधान गर्ने कुरा बताएका छन् । पछिल्लो समयमा चिन्ता र थकानको कारणले युवाहरुमा विभिन्न समस्याहरु देखापरेको छ । यस्तो समस्यालाई समाधान गर्नको लागि  ल्वाङलाई प्रभावकारी औषधी मानिएको छ ।

ल्वाङलाई सबैले दिउँसोको समयमा मात्र सेवन गर्ने गर्दछन् तर यसको सेवन गर्नको लागि  उत्तम समय भनेको बिहानको समय हो । बिहानको समयमा ल्वाङ्को सेवन गर्दा चिन्ता र थकान लगायतका अन्य समस्या समधान गर्न सकिन्छ । चिन्ता र तनावबाट जोगिनको लागी ल्वाङलाई जथाभावी तरिकाले सेवन गर्न भने हुदैन् । ल्वाङ्को सेवन सदैव खाली पेटमा ल्वाङको पानी बनाएर गर्नुपर्दछ ।

ल्वाङ पानी बनाउँदा ५ वटा जति ल्वाङलाई एक गिलास पानीमा राती सुत्नु अघि भिजाउनुपर्दछ । रातभरी भिजाएपछि पानी बिहानको समयमा ल्वाङलाई राम्ररी निचोरर छानेर पिउनेगर्नुपर्छ । धेरैको बानी जे कुरा पनि निकै हतारमा पिउने वा खाने हुन्छ , तर यसो गर्नु राम्रो कुरा होइन । पिउँदा एकदमै आरामले बिस्तारै पिउनुपर्दछ । यसरी पानी पिउँनाले स्वस्थ्यमा कुनै पनि किसिमको साइड इफेक्ट देखा पदैन् ।

ल्वाङ्को पानी सेवनगर्नुको फाइदा कस्ता छन् त ?
१. तनावबाट छुटकारा पाइने ।
२.कसैलाई निद्रा लाग्दैन् भने यसरी दैनिक रुपमा ल्वाङ्को पानी सेवन गरेमा निद्रा लाग्नेछ ।
३. ल्वाङ्ले पाचन कार्यलाई ठिक गर्दछ, त्यस्तै बान्ता हुने, मर्निङ सिकनेस मोशन सिकनेसमा पनि निकै फाइदा गर्दछ ।
४. शिघ्रपतनको समस्याको लगाी ल्वाङ एक प्रभावकारी औषधी हो ।
त्यस्तै ल्वाङको सेवन गर्नुको अन्य पाइदा यस्ता छन् ।

-एसिडिटी – ल्वाङ सेवन गर्नाले सेलाइवा उत्पादन कार्य बढेर खानालाई राम्ररी पचाइ पेटको एसिडिटीको समस्या हुदैन् ।
-मुटुको समस्या नहुने – दैनिक रुपमा एउटा ल्वाङको सेवन गर्नाले कोलस्टोरको मात्रा कम भई मुटुसम्बन्धी सम्स्या हुनबाट बचाउँछ ।
-घाउ निको बनाउने – ल्वाङमा एन्टिब्याक्टेरियाल तत्व हुन्छ । उक्त तत्वले घाउँलाई चाडैं निको बनाउँछ ।
-रोग प्रतिरोधात्मक क्षमता बढाउने – खानामा अथवा चियामा ल्वाङ मिसाएर सेवन गर्नाले रोगसगँ लड्ने क्षमताको विकास हुन्छ ।
-अनुहारमा चमक – दिनम दुईपटक ल्वाङको सेवन गर्नाले अनुहारको चमक पनि बढ्छ ।
-त्यस्तै ल्वाङ्ले नरम छाला बनाउने, आँखालाई फाइदा गर्ने, पिनास निको बनाउँछ ।

प्रकाशित : बिहिबार, जेठ २२, २०७७१४:३८

गर्भवती श्रीमतीलाई श्रीमानले के-के खुवाउने? जानिराखौ!