गर्भवती श्रीमतीलाई श्रीमानले के-के खुवाउने? जानिराखौ!

एजेन्सी, गर्भावस्थाको समय महिलाहरुले आफ्नो खानपानको विशेष ख्याल राख्नु पर्दछ । यसको कारण यो हो कि गर्भवती स्त्रीले जे खान्छिन् त्यसको असर उनको बच्चामा पनि पर्दछ । स्वस्थ शिशुको लागी आवश्यक छ कि आमाहरुले यस समय आफ्नो खानपानमा नियन्त्रण राख्नु पर्ने हुन्छ । गलत आहाराको सेवनले आमालाई मात्र समस्या नभएर शिशुको शारीरिक र मानसिक विकास पनि प्रभावित हुन सक्छ । यहाँ सम्म कि केहि आहार यस्ता पनि हुन्छन् जसको सेवनले गर्भपतनको खतरा पनि बढ्दछ । त्यसैले हरेक गर्भवती स्त्रीको लागी गर्भावस्थाको समय खानपानमा निकै ध्यान राख्नु आवश्यक हुन्छ ।

आउनुहोस् जानौँ गर्भावस्थामा के खानु उचित हुन्छ :

-अधिक नास्ता नगर्नु होला, बिहान उठेको  केहि समय पश्चात नास्ता गर्नु होला । साथमा दाल, भात, सब्जि, रोटी र फललाई आफ्नो  दैनिक आहारमा शामिल गर्नु होला ।

-गर्भावस्थाको समय हरियो सब्जि खानु निकै लाभदायक हुन्छ तर यस कुराको विशेष ध्यान राख्नुहोस् कि हरियो सब्जि ताजा एवम् स्वच्छ होस् । यसको लागी तपाइले सब्जि खरीद गरे पश्चात राम्रो संग सफा पानीले दुई तीन पटक धुनुहोस् । यस्तो गर्दा सब्जीमा रहेको जीवाणु सफा मात्र हुँदैन यसमा छर्किएको किटनाशक पनि पखालिन्छ ।

-दैनिक आहारमा हरियो सब्जी, दूध, उमालिएको भोजन, अंकुरित चना र अण्डालाई अवश्य शामिल गर्नु पर्दछ किनकी गर्भमा रहेको शिशुलाई आमाको आहारबाट नै पोषण मिल्दछ ।

-गर्भावस्थामा तपाइलाई बादाम, ओखर, सुकेको एप्रीकोट खादा निकै राम्रो हुन्छ । त्यसैले तपाइ यिनलाई पनि आफ्नो स्न्याक्समा शामिल गर्न सक्नु हुन्छ । यसले तपाइ र तपाइको बच्चालाई स्वस्थ राख्दछ ।

-गर्भावस्थामा स्वास्थ्य स्न्याक्सको लागी फ्रूट सलादको प्रयोग निकै लाभदायक हुन्छ । तर ध्यान राख्नु होला मेवा र भुइँकटहरको प्रयोग झुक्किएर पनि नगर्नु होला ।

-मेथीको सेवनले गर्भाशय शुद्ध रहन्छ र अधिक भोक लाग्दछ ।

-गर्भवती महिलाले नुन निकै कम खानु पर्दछ जसले रक्तचाप नर्मल रहन्छ ।

प्रकाशित : बिहिबार, जेठ २२, २०७७१४:५०

कतै तपाईको शरीरमा प्रोटिनको कमी त छैन ? प्रोटिनको कमी हुँदा देखिन्छन् यस्ता ६ लक्षणहरु !