भारतीय चेलीहरुको दादागिरी भनेपछि संसदमा ‘लफडा’, नौटंकी गर्दैमा जग्गा फिर्ता नहुने तर्क !

काठमाडौँ – राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की सांसद गंगा चौधरीलाई कार्बाहीको माग गरेका छन्। केहि दिन अगाडी सांसद चौधरीले संसदमा भारतीय चेलीको दादागिरी बढ्यो भन्दै दिएको प्रतिक्रिया प्रति आपत्ति जनाउँदै राजपा र समाजवादीले शुक्रबार कार्बाहीको माग गरेका हुन्।

शुक्रवारको प्रतिनिधिसभा बैठकमा समाजवादीकी सांसद सरिता गिरीले आफू संसदमा उपस्थित नभएको दिन नेकपाका एक सांसदले घृणित मन्तव्य दिएको भन्दै आपत्ति जनाइन्। उनले नेकपा सांसदले दिएको अभिव्यव्यक्तिको रेकर्ड गरी कानुनी कार्बाहीको प्रक्रिया अघि बढाउन माग गरिन्।

सांसद चौधरीले मन्तव्यमा प्रयोग गरिएको शब्दहरुले संसदको सार्वभौम सत्तामाथि आक्रमण गरेको दाबी गर्दै सो मन्तव्य संसदीय रेकर्डबाट हटाउन पनि उनको माग छ।

मिडियामा प्रायोजित रुपमा आएको कुरालाई आधार मानेर सांसदले आफू बारे गलत घारणा राखेको प्रति उनको आपत्ति छ। सांसद गिरीले सांसद चौधरीको श्रीमान् दाङ जिल्लाको राप्ती गाउँपालिकाको निर्वाचनमा भारतीय रुपैयाँ बाड्दै गर्दा पक्राउ परेको बताउँदै चीनको इशारामा भारतीय चेलीमाथि आरोप लगाएको आरोप दावी गरिन्।

यता राजपाकी सांसद अमृता अग्रहरीले पनि सांसद चौधरीको अभिव्यक्ति प्रति आपत्ति जनाइन्। उनले नामै किटेर सांसद गंगा चौधरीले माफी माग्नुपर्ने बताइन्। उनले सांसद रगत तातेको भए वाग्मतीमा गएर छलाङ मारे हुन्छ भने आक्रोश पोखिन्।

देशको भूमि पहाडी शासकहरूले बेचेको आरोप पनि उनले लगाइन्। देशको सच्चा राष्ट्रवादी मधेशी भएको उनको दावी छ। नक्सा सार्वजनिक गरेर नौटंकी गर्दैमा जग्गा फिर्ता नहुने उनको तर्क छ।

प्रकाशित : शुक्रबार, जेठ २३, २०७७०९:०१

काभ्रेका पाँच जनामा कोरोना सङ्क्रमण !