भोलि जेठ २४ गते शनिबार, कस्तो रहला तपाईको दिन? हेर्नुहोस दैनिक राशिफल!

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

यसदिन तपाईले नया कार्य सुरु गर्दा राम्रो  हुनेछ। तर मध्यान्हपछि मात्रै सुरुवात गर्नुहोस। तपाई रहस्यमय विषयहरु जान्ने र बुझ्ने कोशिश गर्नुहुनेछ। तपाई आफ्नो बानि र व्यवहारलाई संयमित राख्नुहोस।  स्वास्थ्यको ध्यान राख्नुहोस।

वृष  – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

साथीसंगको भेटबाट यस दिनको सुरुवात हुनेछ। अन्य व्यक्ति पनि तपाइको जीवनमा आउन सक्नेछ। मध्यान्हपछि सावधानी अपनाउनुहोस्। आफ्नो बोलिलाई ध्यानमा राख्नुहोस, नत्र विवाद हुनसक्नेछ। शत्रुदेखि सावधान रहनुहोस। स्वास्थ्यको ध्यान राख्नुहोस।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

तपाईको यसदिन रमाइलो र आनन्ददायी रहनेछ। शारीरिक र मानसिक स्वास्थ्य राम्रो रहनेछ। कार्यालयमा सहयोगीवातावरण हुनेछ।साथीहरुसंग भेटघाट हुनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

जतिसुकै बाधा आए[पनि लगनशीलताका साथ काम गर्नुभयो भने सफलता प्राप्त गर्नुहुनेछ। पेटको रोगले तपाईलाई  समस्या हुनेछ। बिधार्थी वर्गले सफलता पाउनेछन्।  अधुरो रहेको कार्य पुरा हुनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

यसदिन तपाईले हरेक कुरामा ध्यान दिनुहोस। मानसिकरुपबाट तनाब रहनेछ। शारीरिकरुपबाट पनि अस्वस्थता अनुभव हुनेछ। परिवारजनको साथ कुनैपनि कुरामा खटपट हुनसक्नेछ। धन-हानि हुनसक्नेछ। सन्तानको विषयमा चिन्ता रहनेछ।

कन्या – टो, प, पि, पु, ण, ठ, पे, पो (Virgo)

यसदिन तपाईलाई लाभ र भाग्यवृद्धिको योग रहेको छ। मध्यान्हपछि तपाईलाई चिन्ताले सताउनेछ। जसबाट मानसिक स्वास्थ्य बिग्रिन सक्नेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

शारीरिक र मानसिक रूपबाट स्वास्थ्य बिग्रिन सक्नेछ। पारिवारिक झगडामा आफ्नो बोलीलाई संयम राख्नुहोस। नकारात्मक मानसिकता नअपनाउनुहोस्। नया कार्य गर्नको लागि तपाई तयार हुनुहुनेछ। प्रतिस्पर्धी अगाडी विजय प्राप्त हुनेछ। यात्रा हुने योग रहेको छ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio )

यसदिन तपाईको मध्यम फलदायी हुनेछ। सुख र संतोषको अनुभव हुनेछ। परिवारको साथ आनन्दपूर्ण समय बित्नेछ। शुभ समाचार प्राप्त हुनेछ । मध्यान्हपछि परिवारमा झगडाको वातावरण रहनेछ।  शारीरिक स्वास्थ्य  बिग्रिनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फ , ढ, भे (Sagittarius )

यसदिन तपाईको धेरै खर्च हुनेछ। स्वभावमा केहि उग्रता रहनेछ। शारीरिक, मानसिक प्रसन्नता र स्वस्थता प्राप्त गर्नुहुनेछ। परिवारको वातावरण आनन्दले भरिपूर्ण हुनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

यसदिन व्यवसायीहरुको लागि लाभदायी रहेको छ। छोरा र श्रीमतीबाट लाभ हुनेछ । सांसारिक जीवनमा सुखद प्रसंग हुदा मन पनि खुशी हुनेछ। मध्यान्हपछि अशान्ति र खराब स्वास्थ्यले तपाईलाई सताउनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

यसदिन तपाईको लागि लाभदायी रहनेछ। व्यावसायिक क्षेत्रमा तपाईलाई लाभ प्राप्त हुनेछ। व्यवसाय वा व्यापारमा पदोन्नति हुनेछ । उच्च अधिकारीहरू तथा माथिल्लो तहका मानिस तपाईसंग खुसी हुनेछन्। स्वास्थ्य पनि राम्रो रहनेछ।

मीन -, दु, थ,ञ, दे, दो, च, चि (Pisces)

 

 

 

तपाई यसदिन  बौद्धिक र सम्बन्धित लेखन कार्यमा सक्रिय हुनुहुनेछ। नया कार्य सुरुवात गर्न सक्नुहुनेछ। धार्मिक यात्राको योग रहेको छ। विदेशमा रहेका आफन्त तथा साथीहरुसंग सम्पर्क हुनेछ। कुनैपनि बाधा बिना तपाइको कार्य सम्पन्न हुनेछ। धनलाभको योग रहेको छ।

प्रकाशित : शुक्रबार, जेठ २३, २०७७१२:०८

आज जेठ २४ गते शनिबार, कस्तो रहला तपाईको दिन? हेर्नुहोस दैनिक राशिफल!