भोलि जेठ २५ गते आइतबार, कस्तो रहला तपाईको दिन? हेर्नुहोस दैनिक राशिफल!

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

यसदिन तपाई थकान, आलस्य र व्यग्रताको अनुभव गर्नुहुनेछ। यसदिन तपाईले आफुमा उत्साहित महसुस गर्नुहुने छैन,जसबाट तपाइको कार्य बिग्रिन सक्नेछ।

वृष  – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

यसदिन तपाई  शारीरिक तथा मानसिकरुपबाट अस्वस्थता अनुभव गर्नुहुनेछ। कुनैपनि नया कार्यको सुरुवात नगर्नुहोस। खानपानमाविशेष ध्यान राख्नुहोस । स्वास्थ्य बिग्रिने सम्भावना रहेको छ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

यस दिन तपाई मनोरञ्जन तथा  रमाईलोमा व्यस्त रहनुहुनेछ। तपाई साथीहरू तथा परिवारको साथ आनन्दित वातावरणमा दिन बिताउनुहुनेछ। सामाजिक रुपबाट सम्मान र प्रसिद्धि पनि प्राप्त गर्नुहुनेछ। दाम्पत्यजीवनमा सुख मिल्नेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

यसदिन तपाइको आनन्ददायी रहनेछ । परिवारजनको साथ सुखपूर्वक समय बित्नेछ। आवश्यक कार्यमा खर्च हुनेछ। आर्थिक लाभको लागि यसदिन शुभ रहनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

यसदिन तपाइको शारीरिक तथा मानसिक स्वास्थ्य राम्रो रहनेछ । सन्तानबाट सुभ समाचार प्राप्त हुनेछ। साथीहरुसंग आनन्ददायी भेट हुनेछ।

कन्या – टो, प, पि, पु, ण, ठ, पे, पो (Virgo)

यसदिन तपाइको लागि समय अनुकुल छैन। धेरै कुरालाई लिएर तपाइलाई चिन्ता रहनेछ। जसबाट तपाई शारीरिक तथा मानसिक रुपबाट  अस्वस्थता अनुभव गर्नुहुनेछ। धन खर्च हुनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

यसदिन तपाइको भाग्यवृद्धि हुनेछ। भाई-बहिनीको साथ सम्बन्ध राम्रो रहनेछ। कुनै पनि धार्मिक यात्रा हुनसक्नेछ। नया कार्य सुरु गर्नको लागि शुभ दिन छ। शारीरिक र मानसिक स्वास्थ्य राम्रो रहनेछ। विदेशबाट राम्रो समाचार मिल्नेछ। सम्मान प्राप्त हुनेछ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio )

यसदिन तपाइको मध्यम फलदायी छ । अनावश्यक खर्च गर्न कम गर्नुहोस। तपाईले आफ्नो बोलिलाई संयम राख्दा परिवारमा सुख-शान्ति बन्नेछ। विचारमा नकारात्मकता छाईरहनेछ। बिधार्थिहरुको लागि यस समय त्यति अनुकुल छैन।

धनु – ये, यो, भ, भि, भु, ध, फ , ढ, भे (Sagittarius )

यसदिन निर्धारित गरिएको कार्य पुरा हुनेछ। तपाईमा लक्ष्मीजीको कृपा रहनेछ। शारीरिक तथा मानसिक स्वस्थताले तपाईलाई प्रसन्न राख्नेछ। कुनैपनि ठाउमा यात्रा हुनसक्नेछ। आफन्तसंग भेटघाट हुदा मन आनन्दित  हुनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

यसदिन तपाइको स्वास्थ्य अस्वस्थ रहनेछ । धार्मिक, सामाजिक कार्यमा धन खर्च हुनेछ। परिवार र साथीहरुसंग मतभेद हुनेछ। धनहानि तथा मानहानिको योग रहेको छ। बोलीलाई संयम राख्नुहोस। अदालतको काममा तपाईले सफलता पाउनुहुनेछैन ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

यसदिन तपाईले नया कार्य सुरु गर्नुभयो भने शुभ हुनेछ । यसदिन लाभ मिल्दा तपाइलाई दुईगुणा आनन्द हुनेछ। व्यापारीको व्यापारमा विशेष लाभ हुनेछ। सामाजिक क्षेत्रमा प्रसिद्धि प्राप्त हुनेछ।

मीन -, दु, थ,ञ, दे, दो, च, चि (Pisces)

 

 

 

यसदिन तपाइको शुभ फलदायी रहनेछ। जागिर या व्यवसायमा सफलता मिल्नेछ। जसले गर्दा तपाईको प्रसन्नतामा पनि वृद्धि हुनेछ । व्यापार गर्दा  आम्दानी हुनेछ।  पिताबाट लाभ हुनेछ।  पारिवारिक वातावरण आनन्दमयी रहनेछ।

प्रकाशित : शनिबार, जेठ २४, २०७७१०:१७

भोलि जेठ २६ गते सोमबार, कस्तो रहला तपाईको दिन? हेर्नुहोस दैनिक राशिफल!