दुई वर्ष भन्दा कम उमेरका लागि खतरनाक हुन सक्छ मास्क, विज्ञले दिए यस्तो चेतावनी !

एजेन्सी – विश्वभर फैलिएको कोरोना भाइरस संक्रमणका कारण मास्क अनिवार्यजस्तै भएको छ। विज्ञहरुका अनुसार सामाजिक दूरी तथा मास्कको प्रयोगबाट कोरोनाको जोखिम कम गर्न सकिन्छ। सार्वजनिक स्थानमा जाँदा मास्कको प्रयोगले मात्र पनि कोरोनाको जोखिम ७० प्रतिशत कम हुने विज्ञहरु बताउँछन्।

कोरोना भाइरस पूरै निर्मुल नभए सम्म मास्कको अनिवार्य प्रयोग गर्नुपर्ने विज्ञहरुको सुझाव छ। यहि कारणले गर्दा विश्वका धेरै जस्तो देशमा मास्कको प्रयोगलाई अनिवार्य बनाएका छन्। यधपी मास्कको प्रयोग गर्दा पनि विभिन्न सावधानी अपनाउनुपर्ने हुन्छ।

वयस्कहरूका लागि निश्चित सावधानी अपनाएर मास्क लगाउन सुरक्षित मानिन्छ। तर, कम उमेरका बाल-बालिकालाई भने मास्कको प्रयोग घातक हुन सक्ने देखिएको छ।

जापानको मेडिकल ग्रुप ‘जापान पीडियाट्रिक एसोसिएशन’का अनुसार दुई वर्ष भन्दा कम उमेरका बाल-बालिकाहरुलाई मास्क लगाइदिनु स्वास्थ्यको हिसाब खतरनाक साबित हुन सक्छ। एसोसिएशनका डाक्टरहरुको भनाई मान्ने हो भने दुई वर्ष भन्दा कम उमेरका बालबालिकालाई मास्क लगाइदिनु हुँदैन।

दुई वर्ष मुनिका बच्चाहरूको नाकबाट फोक्सो सम्म पुग्ने श्वासनलि सानो र छोटो हुन्छ। मास्क लगाएपछि छिटो-छिटो श्वास फेर्न पर्ने हुन्छ जसले गर्दा शरीरको तापक्रम बढ्छ। यसो हुँदा बच्चाहरुमा हीट स्ट्रोकको जोखिम रहने एसोसिएशनका डाक्टरहरुको भनाई छ।

यस्तै यूएस सेन्टर फर डिजीज कन्ट्रोल र अमेरिकन एकेडमी अफ पीडियाट्रिक्सले पनि दुई वर्ष भन्दा कमका बच्चाहरुलाई मास्क नलगाइदिन सुझाव दिएको छ। कसिलो मास्कका कारण बच्चाहरुलाई एक तर्फ श्वास फेर्न गार्हो हुन्छ भने खुला मास्कले कोरोना जोखिम बढाउँछ। जस कारण सकेसम्म बच्चाहरुलाई मास्क नलगाइदिएकै राम्रो हुने अमेरिकन एकेडमी अफ पीडियाट्रिक्सका डाक्टरहरु बताउँछन्। विज्ञहरु बच्चाहरुलाई मास्क लगाइदिने भन्दा पनि घर बाहिर सार्वजनिक स्थानमा नलैजान जोड दिन्छन्।

प्रकाशित : शनिबार, जेठ २४, २०७७०९:४७

तस्बिरमा जस्तै बुढी औँलाले कान्छी औँला छुनुस्, यदि तपाईको टेण्डन देखियो भने विशेष हुन्छ!