थामिएन बाबुरामको आँसु: भने – “अर्को यौटा क्रान्ति गरौं”

काठमाडौँ – समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराईले जातीयताको आधारमा हुने भेदभावको अन्त्यको लागि अर्को क्रान्तिको आवश्यकता रहेको बताएका छन्।

नयाँ पत्रिकामा प्रकाशित बिन्दु परियार थापाको लेख बारे ट्वीटरमा टिप्पणी गर्दै पूर्वप्रधानमन्त्री तथा प्रतिनिधिसभा सदस्य समेत रहेका भट्टराईले अर्को क्रान्तिको आवश्यकता औंल्याएका हुन्।

‘छोरीको प्रश्न : बाबाको घरभित्र म किन पस्न नहुने ?’ शिर्षकमा प्रकाशित लेख पढेर आफूले आँसु थाम्न नसकेको भट्टराईले ट्वीटरमा उल्लेख पनि गरेका छन्।

वर्णव्यवस्थामा आधारित संरचनात्मक हिं-सा त्यत्तिकै टालटुल गरेर,सहभोज गरेर,अन्तर्जातीय विवाह गरेर,संविधान/कानूनमा लेखेर मात्र हल नहुने भट्टराईको तर्क छ।

फाइल तस्बिर

यसको लागि क्रान्तिनै अपरिहार्य रहेको उनको बुझाई छ। क्रान्तिको लागि उनले अग्रगामी सोंच राख्नेहरू एकताबद्ध हुन आवश्यक रहेको पनि बताएका छन्।

यस्तो छ भट्टराईको ट्वीट –

“विन्दु परियारको मार्मिक संस्मरण पढेपछि आँसु थाम्न सकिएन!वर्णव्यवस्थामा आधारित संरचनात्मक हिं-सा त्यत्तिकै टालटुल गरेर,सहभोज गरेर,अन्तर्जातीय विवाह गरेर,संविधान/कानूनमा लेखेर मात्र हल हुनेवाला छैन।सबै अग्रगामी सोंच राख्नेहरू एकताबद्ध भएर अर्को यौटा क्रान्ति गरौं!#DalitLivesMatter”

प्रकाशित : शनिबार, जेठ २४, २०७७१०:४५

कोरोनाका कारण थप दुईको मृत्यु !