काठमाडौं उपत्यकामा पाँच जना कोरोना भाइरस संक्रमित थपिए !

काठमाडौँ – शनिबार काठमाडौँ उपत्यकामा पाँच कोरोना भाइरस संक्रमित थपिएका छन्। भक्तपुरमा एक र काठमाडौँमा चार जना गरी उपत्यकामा पाँच जना कोरोना भाइरस संक्रमित थपिएका हुन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले भक्तपुरकी एक महिला र काठमाडौं महानगरका ४ जनामा कोरोना संक्रमणको पुष्टि भएको जानकारी दिए।

उनका अनुसार कोरोना पुष्टि हुनेहरुमा काठमाडौंका ३१ र ३५ वर्षीया महिला र ३६ र ४६ वर्षीय पुरूष र भक्तपुर कमलविनायककी ३१ वर्षीया महिला रहेकी छन्।

कोरोनाका कारण थप दुईको मृत्यु !

कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या नेपालमा १३ पुगेको छ। डोल्पामा एक जना र कैलालीमा एक जनाको कोरोनाका कारण ज्यान गएसँगै ज्यान गुमाउने नेपालीको संख्या १३ पुगेको हो।

कोरोनाका कारण जेठ २१ गते राति २ बजे जगदुल्ला डोल्पामा ज्यान गुमाएका ५१ वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको र सेती प्रादेशिक अस्पतालमा उपचारका लागि आएकी ५५ वर्षीया मिर्गौला रोगीको जेठ २३ गते दिउँसो कोरोना भाइरस संक्रमणका कारण ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार नाघेको छ। बितेको २४ घण्टामा ३ सय २६ जनामा कोरोनाको पुष्टि भएसँगै संक्रमितको संख्या ३ हजार २ सय ३५ पुगेको हो। बितेको २४ घण्टामा कोरोना पुष्टि भएकाहरुमा २ सय ८६ पुरुष र ३७ जना महिला रहेका छन् ।

नेपालमा थप ३२ जना डिस्चार्ज भएका छन्। बितेको २४ घण्टामा जनकपुर अस्पतालमा उचपाररत १५ जना, बाँकेको शुशील कोइराला प्रखर क्यान्सर अस्तपालबाट ४ जना, सेती अस्पतालबाट ६ जना र सुर्खेत अस्पातलबाट ७ जना गरी ३२ जना निको भएर घर फर्किएका हुन्। यससँगै नेपालमा संक्रमण जितेर घर फर्किनेको संख्या ३६५ पुगेको छ।

प्रकाशित : शनिबार, जेठ २४, २०७७११:३७

“कुटी, नाभी, गुञ्जी र कालापानीलाई बजेट खै”