माता लक्ष्मीका यी आठ शक्तिशाली स्वरुप ! दैनिक पूजाले दिलाउन सक्छ धनै-धन !

हिन्दू धर्म ग्रन्थ र पुराणमा धन र समृद्धिको अधिष्ठात्री देवी महालक्ष्मी/ लक्ष्मीलाई मानिएको छ । महालक्ष्मीको पूजा र आराधना गर्नाले धन र समृद्धि प्राप्त हुने विश्वास समेत रहेको छ । घरमा सुख-संम्पन्नताका लागि सँधै घरमा माता महालक्ष्मीको बास होस् भन्ने मनोकांक्षा सबैको रहेको हुन्छ । आज हामी तपाईहरुलाई माता लक्ष्मीको आठ स्वरुपबारे  बताउन जाँदै छौँ जसको पूजाआराधना गर्दा विभिन्न लाभ प्राप्त हुने गर्छ।

१. लक्ष्मीको आठ स्वरुप मध्ये एक धनलक्ष्मी हो जसलाई विधिवत रुपमा पूजा आराधना गर्दा समृद्धिको आशिर्वाद मिल्ने गर्छ। यसका साथै माता लक्ष्मीको यस स्वरुपको पूजा आराधना गर्दा हरेक क्षेत्रमा भएको आर्थिक संकटको समस्या हल हुँदै जाने मान्यता रहेको छ। यस स्वरुपको पूजा गर्दा ॐ धनलक्ष्म्यै नम: मन्त्र जप गर्नु आवश्यक हुन्छ।

२. माता लक्ष्मीको दोस्रो स्वरुपलाई यशलक्ष्मी भन्ने गरिन्छ जसको पूजा आराधना गर्दा मान-सम्मान ,यश ,ऐश्वर्य प्राप्त हुनेछ। यस स्वरुपको पूजा गर्दा ॐ यशलक्ष्म्यै नम: मन्त्र जप गर्नु पर्छ।

३. माता लक्ष्मीको तेस्रो स्वरूपलाई आयुलक्ष्मी भन्ने गरिन्छ जसको पूजा गर्दा शरिरमा भएको सम्पूर्ण मानसिक समस्याहरु नष्ट हुँदै जानेछ भने यस स्वरुपको पूजा आराधना गर्दा ॐ आयुलक्ष्म्यै नम: मन्त्र जप गर्नु अनिवार्य रहन्छ।

४. माता लक्ष्मीको चौंथो स्वरूपलाई वाहनलक्ष्मी भन्ने गरिन्छ जसको विधिवत रुपमा पूजा आराधना गर्दा  आफूले चाहे अनुसारको वाहन प्राप्त गर्न सकिने मान्यता रहेको छ भने यस स्वरुपको पूजा आराधना गर्दा ॐ वाहनलक्ष्म्यै नम: जप गर्नु अनिवार्य रहन्छ।

५. लक्ष्मीको पाँचौं स्वरुप हुन्छ स्थिरलक्ष्मी माता जसको पूजापाठ गर्नाले तपाईको घरमा जुनसुकै समय धनको वैभव रहने गर्छ भने आर्थिक संकटको समान गर्नुपर्दैन।

६. महालक्ष्मीको छैटौ स्वरुप सत्यलक्ष्मी माता हुन् भने उनको पूजा आराधना गर्दा कुनै पनि पुरुषले सुन्दर र असल पत्नी पाउने मान्यता रहेको छ। यस स्वरुपको पूजा गर्दा ॐ सत्यलक्ष्म्यै नमः मन्त्र जप गर्ने गर्नुपर्छ।

७.लक्ष्मीको सातौँ स्वरुप हुन्छ सन्तानलक्ष्मी माता। सन्तानलक्ष्मी माताको पूजापाठ गर्ने गर्दा भक्तजनलाई शान्ति मिल्नुका साथै सुन्दर सन्तान प्राप्त हुने गर्छ।

८. लक्ष्मीको आठौँ स्वरुपको रुपमा गृहलक्ष्मी माता रहने गर्छिन भने उनको पूजापाठ गर्ने गर्दा तपाईको घरमा कुनैपनि समय गृहस्थीको समस्या नआउने र सँधै सुख ,शान्ति र समृद्धि रहीरहने कुरा धर्मशास्त्रमा उल्लेख गरिएको छ।

प्रकाशित : शनिबार, जेठ २४, २०७७१२:४६

खल्तीमा रुमाल राख्दा झुक्किएर पनि गर्नु हुँदैन यस्ता गल्तिहरु !