एजेन्सी- आफ्नो जिविकोपार्जनको लागि मानिसहरु विभिन्न प्रकारका कम गर्ने गर्छन्। यस्तै फरक कामको फरकनै पारिश्रमिक पाउने गर्छन्। यस्तै विश्वमा मानिसहरुले गर्ने केहि खतरनाक जागिरको बारेमा यस लेखमा केहि चर्चा गर्ने छौ। यी जागिरहरु खतरनाक भएको कारणनै महँगो कमाइ हुने जागिरहरुमा पर्छन्।
आयल वेल ड्रिलर

आयल वेल ड्रिलरले खानीबाट तेल निकाल्ने काम गर्नु पर्ने हुन्छ। यस कामलाई विश्वमै खतरनाक काम मान्ने गरिन्छ भने यस कामको लागि महिनाकै लाखौ पारिश्रमिक पनि मिल्ने गर्छ।
लोकोमोटिव इन्जीनियर

ट्रेनमा हुने इन्जिन बिग्रिएको अवस्थामा मर्मत गर्न साथै इन्जिन फेर्नको लागि लोकोमोटिव इन्जीनियरलाई जागिरमा लगाउने गरिन्छ। यो कामलाई पनि ज्यादै खतरनाक मानिन्छ। जसको कारण विश्वमा यस जागिरको लागि ठूलो माग हुने गर्छ भने पारिश्रमिक पनि महिनाकै लाखौ हुने गर्छ।
डीप सी फिशिंग

समुन्द्रको बीचमा गएर माछा पार्ने कामलाई पनि खतरनाक मान्न सकिन्छ। समुन्द्रमा पाइने माछाको माग अत्यधिक भएको हुँदा विभिन्न कम्पनीले यसरी समुन्द्रको बीचमा पुगेर माछा मर्नेहरुलाई महिनाको लाखौ पारिश्रमिक दिने गर्छन्।
एयरक्राफ्ट मेकानिक

विमान मर्मत गर्ने काम सुन्दै चुनौतीपूर्ण लाग्छ। विमानको इन्जिन मर्मत गर्ने काम गर्दा थोरै मात्र गल्ति हुँदा ज्यान जान सक्छ। जसको कारण यस क्षेत्रमा जागिर गर्नेको संख्या विश्वमा नयको तुलनामा कम रहेको छ। यस कार्यको लागि पनि धेरै पारिश्रमिक मिल्ने गर्छ।
विन्डो ग्लास क्लीनर

गगनचुम्बी महलहरु अहिले सिसाले बन्ने गर्छन्। यस्ता भवनहरुको सिसा सफा गर्न ज्यादै गार्हो हुने गर्छ। यस्ता घरमा सिसाहरु सफा गर्ने काम गर्दै गर्दा धेरैको ज्यान पनि गरेको उदाहरणहरु रहेका छन्। यस कामको लागि पनि राम्रो पारिश्रमिक दिने गर्छन्।

