दैनिक कोरोना संक्रमण र मृत्युमा ब्राजिलले अमेरिकालाई पछि पार्यो !

एजेन्सी – कोरोना भाइरस संक्रमणका कारण बितेको २४ घण्टामा विश्वकै बढी मृत्यु ब्राजिलमा भएको छ। कोरोना भाइरस संक्रमणबाट अति प्रभावित दोस्रो मुलुकको रुपमा रहेको ब्राजिलमा २४ घण्टामा विश्वकै बढी मृत्यु भएको हो।

गएको २४ घण्टामा त्यहाँ ९ सय १० जनाको ज्यान गएको छ। यो संख्या विश्वकै अतिप्रभावित मुलुकको रुपमा रहेको अमेरिका भन्दा पनि बढी हो। अमेरिकमा २४ घण्टामा कोरोनाका कारण ७ सय ६ जना मात्रैले ज्यान गुमाएका छन्।

अप्रिल महिनाको अन्तिम देखि कोरोना संक्रमितको संख्यामा उच्च वृद्धि देखिएको ब्राजिलमा अहिले पनि संक्रमितको संख्या उच्च छ। बितेको २४ घण्टामा ब्राजिलमा विश्वकै बढी संक्रमित पनि फेला परेका छन्। गएको दिन त्यहाँ २७ हजार ५ सय ८१ नयाँ संक्रमित फेला परेका छन्।

ब्राजिलमा अहिले सम्म कोरोना भाइरस संक्रमितको संख्या ६ लाख ७३ हजार ५ सय ८७ पुगेको छ भने मृतकको संख्या ३५ हजार ९ सय ५७ पुगेको छ।

जून महिना लागेपछि मात्र त्यहाँ १ लाख ५८ हजार भन्दा बढी कोरोना भाइरस संक्रमित फेला परिसकेका छन्। केहि दिन अगाडी ब्राजिलमा एकै दिन ३० हजार भन्दा बढी कोरोना संक्रमित फेला परेका थिए।

प्रकाशित : आइतबार, जेठ २५, २०७७०३:३१

हरियो मकैले धानेको बुढ्यौलीः “४ छोरा-छोरी दुःखले हुर्काइन्, तर अहिले कसैले हेरेनन्”