हरेक बिहान घाँसमा खाली खुट्टा हिड्दा हुन्छन् यस्ता आश्चर्यजनक फाइदा !

काठमाडौँ – हिड्नु र कुद्नु स्वास्थ्यको हिसाबले आफैंले धेरै फाइदाजनक कार्य हो। अझ बिहान घाँसमा खाली खुट्टा हिड्नु धेरै नै फाइदाजनक हुन्छ। घाँसमा खाली खुट्टा हिँड्दा पैतालामा भरपूर मात्रामा अक्सिजन पुग्ने मात्र नभई यसले रक्तसञ्चार सहज गराएर थकान पनि कम गराउँछ ।

खाली खुट्टा हिड्नुको यस बाहेक अन्य पनि कयौं फाइदा छन्। घाँसमा खाली खुट्टा हिँड्दा विभिन्न स्वास्थ्य समस्या देखि छुटकारा समेत मिल्ने स्वास्थ्य विज्ञहरु बताउँछन्।

के-कस्ता हुन्छन् फाइदा ?

तेजिलो आँखाको ज्योति

मान्छेको खुट्टामा विभिन्न प्रेसर प्वाइन्ट हुन्छन्। एक्यूप्रेशरका अनुसार ती प्रेसर प्वाइन्ट नियमित दबाउँदा आँखालाई फाइदा पुग्छ। बिहान खाली खुट्टा घाँसमा हिँड्दा ती प्रेसर प्वाइन्टहरुमा बल पुग्छ । ती प्रेसर प्वाइन्टहरुमा पर्ने बलले आँखालाई स्वस्थ बनाउँछ। साथै घाँसको हरियो रङ हेर्दा आँखाले राहत पनि पाउँछ। साथै बिहान घाँसमा हुने शीतको थोपा पनि स्वास्थ्यका लागि धेरै फाइदाजनक हुन्छ।

अनिद्रा नियन्त्रण

हरेक बिहान घाँसमा खाली खुट्टा हिँड्दा अनिद्रा नियन्त्रण हुन्छ। खाली खुट्टा जमिनमा हिँड्दा मांसपेशी सक्रिय हुने, धर्तीको पूरा ऊर्जा शरीरमा सञ्चारित हुँदा अनिद्राको समस्याबाट मुक्ति मिल्छ।

खुट्टा सुन्निने समस्याबाट मुक्ति

बिहान घाँसमा खाली खुट्टा हिँड्दा खुट्टा सुन्निने समस्याबाट मुक्ति मिल्छ। हिँड्दा शरीरमा रक्तसञ्चार राम्ररी हुन्छ भने अक्सिजनयुक्त रगत शरीरले पाउँछ। जस कारण खुट्टा सुन्निने समस्याबाट छुटकारा मिल्छ।

चुम्बकीय फाइदा

पृथ्वीको भित्र एक किसिमको चुम्बकीय तत्व हुन्छ। घाँसमा खाली खुट्टा हिँड्दा उक्त चुम्बकीय शक्ति हाम्रो शरीरले पाउँछ। जसले मानव शरीरका विभिन्न स्वास्थ्य समस्या देखि छुटकारा दिलाउँछ।

प्रकाशित : आइतबार, जेठ २५, २०७७१३:०६

महिलाको मुखबाट यस्ता कुरा सुन्दा मख्ख पर्छन् पुरुषहरु !