थप २ सय १३ जनामा कोरोनाको पुष्टि !

सांकेतिक तस्विर

काठमाडौँ – आइतबार २ सय जना भन्दा बढीमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट २ सय १३ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ताले बितेको २४ घण्टामा २०९ जना पुरुष र ४ जना महिलामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको जानकारी दिए। यससँगै नेपालमा संक्रमितको संख्या ३ हजार ४ सय ४८ पुगेको छ।

यस्तै बितेको २४ घण्टामा नेपालका १ सय २ जना कोरोना भाइरस संक्रमित निको भएर घर फर्किएका छन्। बितेको २४ घण्टामा निको हुने मध्ये १ सय जना पुरुष र २ जना महिला छन्।

प्रदेश अनुसार हालसम्म प्रदेश १ का ९१ जना, प्रदेश २ का १८६ जना, वाग्मती प्रदेशका ३२ जना, गण्डकी प्रदेशका ३ जना, प्रदेश ५का १३३ जना, कर्णाली प्रदेशका ९ जना र सुदुरपश्चिम प्रदेशका १३ जना निको भएका छन्।

हाल सम्म नेपालमा ९६ हजार २ सय ५ पिसिआर परीक्षण र १ लाख ४८ हजार ४९ आरडीटि परीक्षण भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार बितेको २४ घण्टामा ३ हजार ७ सय २८ पिसिआर परीक्षण र ७ हजार ६ सय १४ आरडीटि परीक्षण भएको छ।

प्रकाशित : आइतबार, जेठ २५, २०७७१०:४२

विदेशमा बस्ने ५ हजार ५९० नेपालीले कोरोना जिते, सङ्क्रमण दरमा उल्लेख्य कमी !