स्वास्थ्य मन्त्रालयका प्रवक्ता देवकोटाको सरुवा, नयाँ प्रवक्तामा जागेश्वर गौतम !

काठमाडौँ – सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता परिवर्तन गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता डाक्टर विकास देवकोटाको सरुवा गरेर प्रवक्ता परिवर्तन गरेको हो।

अब डाक्टर विकास देवकोटाको जिम्मेवारी डाक्टर जागेश्वर गौतमले सम्हाल्नेछन्। थापाथलीको परोपकार प्रसुती तथा स्त्री रोग अस्पतालको कार्यकारी निर्देशक रहेका डा. गौतम केहि दिन अगाडी स्वास्थ्य मन्त्रालयमा सरुवा भएका थिए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ताको जिम्मेवारी सम्हालेका डाक्टर देवकोटाले अब नापतौल तथा गुणस्तर विभागको प्रमुखको जिम्मेवारी सम्हाल्नेछन्।

आइतबार नियमित पत्रकार सम्मेलनमा डा. देवकोटाले आफ्नो सरुवा भएको र अब नापतौल तथा गुणस्तर विभागको प्रमुखको रुपमा कार्यभार सम्हाल्ने जानकारी दिए। साथै उनले कोरोना सङ्कटको समयमा सहयोग पुर्‍याउने सबै क्षेत्र र सञ्चार माध्यमलाई धन्यवाद दिए।

डा.देवकोटाको स्थानमा डा जागेश्वर गौतमले सोमबारदेखि जिम्मेवारी सम्हाल्नेछन् ।

प्रकाशित : आइतबार, जेठ २५, २०७७११:४८

“चकलेटमा भन्सार कर घटाएर किन कृषि मलमा बढाइयो?” -भीम रावल !