मध्यराति ट्रक सडकबाट १०० मिटर तल खस्यो, बिहान सम्म कसैले थाहा नपाउँदा चालकको मृत्यु !

काठमाडौँ – डडेल्धुरामा भएको ट्रक दुर्घटनामा परी एक जनाको ज्यान गएको छ। शनिबार राति जिल्लाको अमरगढी नगरपालिका वडा न १० राईमा भएको ट्रक दुर्घटनामा परी एक जनाको ज्यान गएको हो। ज्यान गुमाउनेमा पाटन नगरपालिका ८ खोडेपेका ट्रकका चालक ४२ वर्षीय जयदेव बिष्ट रहेका छन्।

शनिबार राति ११ बजे ट्राफिक प्रहरी पोष्ट स्याउलेमा ईन्ट्री गरि धनगढीबाट बाजुरा जिल्ला तर्फ गएको ना ५ ख २२४६ नम्बरको ट्रक दुर्घटना भएको र घटनास्थलमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। प्रहरीका अनुसार ट्रक सडकबाट करिव १०० मिटर तल खसेको थियो।

चन्द्रौटाबाट बाजुराको लागि सिमेन्ट लैजाने क्रममा मध्यराति दुर्घटना भएको र बिहान सम्म कसैले थाहा नपाएको प्रहरीको भनाई छ। प्रहरीका अनुसार आइतबार बिहान स्थानीयहरुले ट्रक पल्टिएको अवस्थामा देखेपछि मात्रै दुर्घटना बारे थाहा हुन आएको हो।

ज्यान गुमाउने चालक ट्रकका मालिक समेत हुन्। दुर्घटना डडेल्धुरा अन्तरगत के आई सिह राजमार्गमा भएको हो। घटना बारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित : आइतबार, जेठ २५, २०७७१२:२१

हवाई भाडामा भारी छूट ! कुन ठाउँको कति ? [मूल्य सहित]