हिमानी ट्रष्टद्वारा स्वास्थ्य सामग्री सहयोग

कैलाली – हिमानी ट्रष्ट काठमाडौँ धनगढी उपमहानगरपालिकालाई आज स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । ट्रष्टका सदस्य तेजबहादुर सिंह र तपराज जोशीले उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरे।

ट्रष्टले एक सय पिपिई, दुई हजार ५०० सर्जिकल मास्क, दुई हजार ५०० थान ग्लोब्स, रु एक लाख बराबरको साबुन तथा रु एक लाख बराबरको पानी हस्तान्रण गरेको बताइएको छ ।

नगरप्रमुख वडले ट्रष्टले आपत्कालिक अवस्थामा सहयोग गरिएको प्राप्त स्वास्थ्य सामग्री आवश्यकताका आधारमा प्रयोग गरिने बताए।

विपन्न महिलालाई सहयोग

नेपाल युके फाउण्डेशनको सहयोगमा पोखरा महानगरपालिका–१६ का विभिन्न टोलमा राहत वितरण गरिएको छ । बन्दाबन्दीका कारण दैनिक ज्याला मजदूरी गर्ने विपन्न परिवारलाई गायक भाइ गुरुङको संयोजनमा राहत बाँडिएको हो ।

दीप क्षेत्रका ३३ परिवारका लागि राहत वितरण गरिएको संयोजक गायक गुरुङले जानकारी दिए। “हामीले अतिविपन्न, अपाङ्गता भएका, सुत्केरी, गर्भवती, एकल र वृद्धा महिलाको पहिचान गरी राहत वितरण गरेका हौँ”, उनले भने। पोखरा –१६ का सदस्य राजेश गुरुङले अप्ठ्यारो परिस्थितिमा सहयोग गर्नु नै मानवीय धर्म भएको बताए।

फाउण्डेशनले यसअघि पोखरा साङ्गीतिक कलाकार सङ्घ र जक्सन डटकममार्फत पोखराका विभिन्न बस्तीका विपन्न परिवारका लागि राहत वितरण गरिसकेको छ ।

प्रकाशित : आइतबार, जेठ २५, २०७७१४:०८

इनारमा खसेपछि ६ दिन सम्म तड्पिएर बसेका व्यक्तिको सकुशल उद्धार