आर्थिक संकटबाट मुक्ति पाउन सोमबार यसरी गर्नुहोस भगवान शिवको विशेष पूजा !

ज्योतिष शास्त्रमा उल्लेख भए अनुसार सोमबारको कारक ग्रह चद्र हो भने यसको स्वामी शिव हो। त्यसैले यस दिन चन्द्र र शिव जोडिएको उपस गर्नु उत्तम मानिन्छ। आज हामी तपाईहरुलाई ज्योतिषशास्त्रमा उल्लेख भए अनुसार सोमबारको दिन गर्नुपर्ने कार्यहरु बारे जानकारी दिन जाँदै छौँ जसले दुर्घटनाको योग र मृत्यु भयबाट छुट्कारा दिलाउने गर्छ।

१. सूर्य अस्त भएपछि प्रदोष काल सुरु हुने भएकाले भगवान शिवको पूजा आराधन गर्नु उत्तम मान्ने गरिन्छ।
२. दिन र रात बीचको समयलाई सन्ध्य काल भन्ने गरिन्छ र यस समय भगवान शिवजी प्रसन्न मुद्रामा रहने गर्नुहुन्छ। त्यसैले यस समय
शिवजीको पूजा गर्दा छिटै प्रसन्न हुने र उहाँको कृपा मिल्ने हुँदा आफूले सोचेका सम्पूर्ण कामहरु समयमानै सम्पन्न हुँदै जनेछन्।

भगवान शिवको यसरी गर्नुहोस विशेष पूजा :

१. सोमबार शिव मन्दिरमा गएर शिवलिंगमा दिप बाल्नुहोस् र ऊँ सांब सदा शिवाय नमः मन्त्रको जप १०८ पटक गर्नुहोस्। यसका लागि रुद्राक्षको माला प्रयोग गर्न सक्नुहुनेछ।
२. शुद्ध जलमा गंगाजल र दुध मिलाएर गंगाजलमा चढाउनुहोस्। यसरी जल चढाउने समयमा ओम नमः शिवाय मन्त्र जप गर्नुहोस्।
३.यसपछि भगवान शिवलाई चन्दन चढाउनुहोस र शिवलिङ्गमा बेलपत्र र धतुरो चढाउनुहोस्।
४.शिवजीलाई सम्पूर्ण पूजा सामग्री चढाएपछि १०८ पटक ओम नमः शिवाय मन्त्र जप गर्नुहोस।
५. अन्तिममा भगवान शिवलाई मिठाई चढाई आफू पनि खाने र अन्य भक्तजनलाई समेत बढ्ने गर्नुपर्छ।
यसरी विधिवत रुपमा भगवान शिवको साथमा शिवलिङ्गको समेत पूजा आराधना गर्दा जिवनमा सुख , शान्ति मिल्नेछ ।

प्रकाशित : आइतबार, जेठ २५, २०७७१४:३०

यातायात व्यवस्था कार्यालयमा पाँच करोड भ्रष्टाचार आरोप