यस औंलामा लगाउनु होस् चाँदीको औंठी, चम्कनेछ स्वास्थ्य र भाग्य !

वैदिक शास्त्रका अनुसार, चाँदीको बृहस्पति र चन्द्रमासँग सम्बन्ध रहने गर्छ । यसले हाम्रो शरिरमा उत्पादन हुने कफ र पानीको मात्रालाई सन्तुलन राख्ने काम गर्छ । हाम्रो हातमा जम्मा ५ ओटा औंला हुन्छ जसलाई बुढी औंला देखि कान्छी औंला सम्मको नाम दिईएको छ । चाँदीको औँठी हाम्रो हातको सबै भन्दा सानो अर्थात् कान्छी औंलामा लगाउन उत्तम हुने कुरा वैदिकमा उल्लेख गरिएको छ ।

चाँदीको औँठीको बेजोड फाइदा:

१.बृहस्पति र चाँदबाट हुने फाइदा प्राप्त गर्न :
वैदिक शास्त्रका अनुसार चन्द्रमा ग्रह र बृहस्पतिबाट लाभ लिनको लागि चाँदीको औँठी एकदमै फलदायी हुनेगर्छ । यसले मानब शरीरमा भएको विभिन्न किसिमका विषाक्त पदार्थहरू बाहिर निकाल्न ठुलो मद्धत गर्दछ । चाँदीको औँठी कान्छी औंलामा लगाउँदा मानब शरीरमा ठुलो स्वास्थ्य लाभ हुने गर्छ ।

हाम्रो जीवनमा, घर सजावट गर्ने जस्ता , खाना पकाउन वा चाँदीमा लगाएर प्रयोग गर्ने सबै चीजहरू धेरै आवश्यक छन्। यदि तपाईं सधैँ कुनै पनि कुरासँग डराउनुहुन्छ भने, तपाईंले आफ्नो औँलामा चाँदीबाट बनाइएको औँठी लगाउनु जरुरि हुन्छ ।

२.औँठी लगाउनुभन्दा पहिलो दिन पानीमा राख्नुपर्छ :
सबैभन्दा पहिला तपाईहरुले क बुज्न जरुरि हुन्छ भने औँठी खरिद गर्दा र लगाउँदा बीहीबारको दिन उत्तम रहने कुरा शास्त्रमा उल्लेख गरिएको छ । अर्को कुरा के भनिएको छ भने औँठी लगाउनु भन्दा एक दिन पहिले उर्जा निकासाका लागि यसलाई रातभर पानीमा राखी मन्दिरमा चडाएर लगाउनु पर्दछ ।

चाँदी औँठी लगाउनुको मुख्य फाइदा यो छ कि यसले तपाईको सुन्दरता र व्यक्तित्व बढाउन मद्धत गर्दछ । किनकि यसले चन्द्रमा र बृहस्पतिसँग सम्बन्ध राख्ने गर्दछ जस्ले हाम्रा स-साना पापहरु नष्ट गरि जीवनलाई शान्त बनाउन मद्धत गर्दछ ।

३.चाँदीको औँठी लगाउनुको प्रभाब :

यदि तपाईंको चन्द्रमा कमजोर छ भने, यसले तपाईंको मानसिक अवस्थामा ठुलो प्रभाव पार्छ र यस अवस्थाबाट बिस्तारै मुक्ति दिलाउंछ । यस्तो औँठी लगाउँदा हामीलाई खोकी ,चोटपटक ,जोर्नी सम्बन्धि रोगहरुबाट मुक्ति मिल्छ ।

४.औँठीको अलावा चाँदीको चेन लगाउँन् सकिन्छ :
यदि तपाईलाई चाँदीको औँठी लगाउँदा समस्या छ भने यसको अलावा तपाईले चेन लगाउँन् पनि सक्नुहुन्छ । यसमा पनि औँठी जस्तै सुन्दर र व्यक्तित्व बढाउन सक्ने क्षमता हुन्छ । यसरि चाँदीको औँठी र चेन लगाउने व्यक्तिहरुले जीवनमा आउन सक्ने ठु-ठुला समस्याबाट समेत छुटकारा पाउने गर्छन ।

प्रकाशित : आइतबार, जेठ २५, २०७७१५:१४

टाउकोमा कस्तो भूमरी हुने भाग्यमानि, यसो भन्छ सामुन्द्रिक शास्त्र !