वास्तुदोषले घरलाई नर्क बनाइदिन सक्छ है ? घरमा वास्तुदोष भए देखिन्छन् यस्ता संकेत !

घरमा अनावश्यक झैँ झगडा, तनाव , कलह , आर्थिक समस्या आदि हुनु वास्तुदोषको संकेत हुन सक्छ। यसको कारणले मानसिक तनाव , स्वास्थ्यमा खराबीपन आदि जस्ता विविध संकेतहरु पनि देखिने गर्छन। आज हामी वास्तु दोष हुनुका संकेत र त्यसका समाधानका उपायका बारेमा केहि कुराको जानकरी दिन गईरहेका छौं , आउनुहोस ;

पारिवारिक कलह हुनु

यदि परिवारमा अनावश्यक रुपमा झैँ झगडा हुन्छ भने सम्झनुहोस कि तपाईको घरमा वास्तु दोषको समस्या रहेको छ। यति मात्रा होइन घरमा दम्पतिबिचमा झगडा हुनु पनि वास्तुदोषको कारण हो। यस्ता प्रकारका वास्तुदोष निवारण गर्नका लागि दक्षिण पुर्व दिशामा पानीको भाडा नराख्ने साथै यस दिशामा भान्साकोठा पनि सकेसम्म बनाउनु हुदैन।

स्वास्थ्यमा समस्या देखिनु

परिवारको स्वास्थ्यमा लगातार समस्या आउछ भने यसमा पनि तपाईको घरमा वास्तुदोष भएको हुन सक्छ यसका लागि घरको दक्षिण पश्चिम भागलाई खाली छोड्नु हुदैन।  साथमा पानीको ट्यांकी पनि सफा राख्नाले विभिन्न समस्याबाट  बच्न सकिन्छ।

अनावश्यक खर्चको मात्रा बढेर जानु

जति परिश्रम गरे पनि सफलता हात लागि नहुने तथा आम्दानी भन्दा खर्चको मात्रा बढेर गएको छ भने यो पनि वास्तुदोषको संकेत हो। वास्तुका अनुसार घरको उत्तर दिशामा फोहोर मैला थुपर्नाले फजुल खर्च हुन्छ। यसकारण घर वरपरको वातावरण सधै सफा राख्नु जरुरी छ।  हुन सक्छ। साथै घर नजिक बेलपत्रको रुख रोप्दा पनि धन सम्बन्धी समस्याबाट छुटकारा पाउन सकिन्छ।

सन्तान प्राप्तिमा बाधा

घरको पूर्व दिशाको वास्तुदोष  सन्तान प्राप्तिमा बाधा हुन सक्छ।  यस दिशामा ट्वाइलेट ,बाथरुम या ठुलो रुखको बोट हुनु हुदैन।  साथै यस दिशामा पर्याप्त घामको किरण नपुग्नाले पनि वास्तुदोष उत्पन्न हुन्छ।  यस्ता प्रकारका वास्तुदोष शान्ति गर्नका लागि घरको मेन गेटमा सिन्दुरले ॐ लेख्नु पर्दछ।

निराश हुनु

यदि उत्तर पुर्व दिशामा वास्तुदोष भएको खण्डमा पारिवारिक उत्साहमा कमि आउने , निराशा पैदा हुने जस्ता संकेत देखिन्छन। यो दिशाले मान सम्मान प्रदान गर्दछ। त्यसैले वास्तुदोषबाट मुक्ति पाउनका लागि ईशान कोणमा पुजा पाठ गर्नु आवश्यक छ।  साथै घरको मूल ढोका आकर्षक र सुन्दर हुनु पर्दछ।

प्रकाशित : आइतबार, जेठ २५, २०७७१६:३९

महाभारत: धनिहरुलाई जहिले पनि यस्ता कुराका डर हुन्छन् !