घाइते जलाउने आलमका सहयोगी साह पक्राउ !

लहान । रौतहटको राजपुरस्थित फरहदवामा रहेको इँटाभट्टामा जि-उँदै मानिस जलाउन सहयोग गरेको आरोपमा एक अभियुक्त पक्राउ परेका छन् । लामो समयदेखी भारतको सीमावर्ति क्षेत्रमा लुकिछिपी बस्दै आएका बारा सिम्रौनगढ नगरपालिका–४ का ५५ वर्षीय मुक्ति साहलाई प्रहरीले प्रक्राउ गर्न सफल भएको हो । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।

२०६४ साल चैत २७ गते पहिलो संविधानसभा निर्वाचन हुने अघिल्लो दिन ब-म बनाउँदा घाइते भएका मानिसलाई इँटाभट्टामा जि-उँदै जलाएर ह-त्या गरिएको आरोपमा कांग्रेस सांसद मोहम्मद अफताव आलम हाल पुर्पक्षका लागि थुनामा छन् । उनैलाई सहयोग गरेको आरोप साहलाई लगाइएको छ । साह त्यसबेलामा सो इँटाभट्टामा मिस्त्रीको काम गर्ने गरेका थिए । जिँ-उदै रहेका व्यक्तिलाई इँटाभट्टामा हाल्न उनले पनि सहयोग गरेको प्रहरीको अनुसन्धानबाट खुलेको थियो ।

भारतको सीमावर्ती इलाका सिम्रौनगढ नगरपालिका– ८ बाट शनिबार राति साहलाई पक्राउ गरेको प्रदेश–२ का प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले जानकारी दिए । पक्राउ परेका साहलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत रौतहटमा बुझाइएको छ । घटनाको १३ वर्षपछि उनी पक्राउ परेका हुन् । आरोप लागेका अन्य ९ जना अझै पनि फरार रहेका छन् । पूर्वमन्त्री शेख इद्रिसको गोठमा ब-म विस्फोट गराई मानिसलाई इँटाभट्टामा जलाइएको मुद्दामा आलम गत कात्तिक २९ गतेदेखि नख्खु जेलमा छन् ।

सो घटनामा पूर्वमन्त्रीलगायत उनका भाइ महताब आलम, मोहम्मद मोबिन आलम, शेख भदई, शेष सराज, शेख फजलेहक, सगिर आलम, शेख मलकार, गौरीशंकर साह र बद्रि सहनी अझै फरार छन् । घटना भएको यकिन गरिए पनि घाइते र मृतकको संख्या भने ठ्याक्कै खुल्न नसकेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित : सोमबार, जेठ २६, २०७७०२:००

स्वाब नमुना दिएको १५ दिन बित्यो, तर आएन रिपोर्ट !