पुर्ख्यौली गाउँ रोल्पामा खेती गर्दै पूर्वसभामुख महरा !

तस्विर:पाण्डव शर्मा

काठमाडौँ – पूर्वसभामुख कृष्णबहादुर महरा केहि समय देखि पुर्ख्यौली गाउँ रोल्पामा छन्। महरा गत हप्ता मात्रै रोल्पा पुगेका हुन्। अहिले उनी भेटघाट मात्र नभई खेतिपातीमा पनि व्यस्त छन्।

खेतिपातीको समय सुरु भएकाले महरा पुर्ख्यौली गाउँ रोल्पा गएको बताइएको छ। हालसालै उनले बारी जोत्दै गरेको एक तस्विर सार्वजनिक भएको छ । आउने समयमा नेपालले कृषि उत्पादनलाई जोड दिनुपर्नेमा उनको भनाई छ।

“राजनीति गरेदेखि सधैं बाहिरको बाहिरै रहनुपर्यो, आफ्नो बारी जोत्ने मौका नै मिलेको थिएन” उनले भने, “अहिले खेतिपातीको कामका लागि परिवारका सबै सदस्य आफ्नो पुर्ख्यौली घर आएका छौं ।”

जनताबाट चुनिएर गएका व्यक्तिहरु जनताभन्दा फरक नरहेको हुँदा जनताको जिवनशैली र नेताहरुको जिवनशैलीमा फरक हुनहुन्न भन्ने उनी बताउँछन्। आवश्यक पर्दा नेताको भूमिकामा रहनु परेपनि नेता र जनताबीच फरक हुन नहुने उनको भनाई छ।

Foreign Minister Krishna Bahadur Mahara first meeting with Press persanalities at Foreign Ministry, Singha Durbar, Kathmandu on Wednesday. POST PHOTO/PRAKASH CHANDRA TIMILSENA

कोरोना भाइरसका कारण विश्वको अर्थतन्त्र तहसनहस भइरहेको नेपालले कृषि उत्पादनलाई जोड दिनुपर्नेमा उनको जोड छ। नेपाललाई परनिर्भरमुखी अर्थतन्त्रबाट आत्मनिर्भर बनाउने प्रमुख आधार भनेकै कृषि उत्पादन रहेको उनी बताउँछन्। दाङ निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित सांसद् हुन्।

प्रकाशित : सोमबार, जेठ २६, २०७७०२:३८

भारतबाट कोरोनासँगै औलो पनि भित्रियो, अनिवार्य परीक्षण हुने !