“हिन्दी नेपालीहरुको जनजीविकाको भाषा हो, हिन्दी भाषालाई सम्मान गरियोस्” – सरिता गिरि !

काठमाडौँ – जनता समाजवादी पार्टीकी नेतृ सरिता गिरिले हिन्दी नेपालीहरुको जनजीविकाको भाषा भएको बताएकी छन्।

संसदमा हिन्दी भाषा प्रयोग गरेको भन्दै आलोचना खेप्ने गरेकी गिरिले एक निजि टेलिभिजनसंगको अन्तर्वार्ताको क्रममा हिन्दी नेपालीहरुको जनजीविकाको भाषा रहेको बताएकी हुन्।

भारतमा काम गर्ने लाखौं नेपाली देखि मध्यपूर्वी खाडी मुलुकमा काम गर्ने लाखौं नेपालीले हिन्दी प्रयोग गर्ने हुँदा हिन्दी नेपालीहरुको जनजीविकाको भाषा रहेको उनको तर्क छ। नेपालमा हिन्दी परापूर्वकाल देखि बोलिंदै आएको हुँदा भाषालाई लिएर अनावश्यक विवाद गरिनु बेकार रहेको उनी बताउँछिन्।

“हिन्दी मधेशको सम्पर्क भाषा हो। हिन्दी नेपाली र मधेश बीचको सम्पर्क भाषा हो। खस भाषाको उदय हुनु भन्दा अगाडी काठमाडौँमा समेत प्रयोग भएको भाषा हो।”,अन्तर्वार्तामा उनले भनेकी छन्,”हिन्दी आज नेपालीहरुको जनजीविकाको भाषा हो। चाहे भारतमा लाखौं नेपाली काम गरुन् अथवा मध्यपूर्वी खाडी मुलुकमा काम गरुन्, उनीहरुले प्रयोग गर्ने भाषा हिन्दी हो।”

हिन्दी नेपालीले नभई नेपाली भाषीले मन नपराएको उनको तर्क छ। हिन्दी र नेपाली दुवै नेपालको भाषा रहेको उनले जिकिर गरिन्। दुवै भाषाले सम्मान पाउनु पर्ने उनले बताइन्।

“संसद राजनीतिक स्थल हो। हामीले हिन्दीमै सपथ ग्रहण गरेका छौँ। मन्त्रीको सपथमा पनि हिन्दी नै प्रयोग भएको छ। हामीले हिन्दी बोल्न छाड्ने कुरै आउँदैन।”

प्रकाशित : सोमबार, जेठ २६, २०७७०३:४६

अनलाइनबाट सङ्क्रमित भर्ना !