चोक्टा खान गएका बाबुराम भन्दै खिल्ली उडाएको कमल थापालाई चित्त बुझेन, यसो भने !

काठमाडौँ – आइतबार राजपा नेपाल र समाजवादी पार्टी नेपाल बीच औपचारिक रुपमा एकीकरण भयो। निर्वाचन आयोगमै दर्ता भएसँगै नवगठित जनता समाजवादीले आधिकारिक दलको मान्यता पायो। पार्टीमा तीन अध्यक्ष हुने भनेर चर्चा गरिए पनि पार्टी दर्ता हुँदा अध्यक्षको रुपमा दुई जना मात्र देखिए। पार्टीको अध्यक्ष रहने भनिएका बाबुराम भट्टराई बरिष्ठ नेतामा मात्रै सिमित भए।

यहि विषयलाई लिएर बाबुराम भट्टराई माथि अनेक टिका टिप्पणी भएका छन्। धेरैले उनको मजाक बनाएका छन्। केहिले त ‘चोक्टा खान गएकी बुढी’ को उखानसंग जोडेर पनि बाबुरामको खिल्ली उडाएका छन्।

तर, राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष कमल थापाले भने बाबुराम भट्टराईको खुलेर प्रशंसा गरेका छन्। सोमबार एक ट्वीट गर्दै थापाले एकताको लागि आफू तल पर्न पनि पछि नपरेको भन्दै भट्टराईको प्रशंसा गरेका हुन्।

भट्टराईको वरियता/राजनीतिक उचाई निर्वाचन आयोगमा दर्ता भएको कागजले निर्धारण नगर्ने थापाको तर्क छ। लामो राजनीतिक यात्रा/संघर्षले समाजमा भट्टराईले छुट्टै स्थान बनाइसकेको थापाले ट्वीटमा उल्लेख गरेका छन्।

थापाले लेखेका छन्,’वरियताको विषयमा बाबुराम भट्टराईलाई केहीले खिसी गरेको पढें।बाबुरामजीसंग धेरै विषयमा मेरो मतभेद छ।तर,उहाॅको वरियता/राजनीतिक उचाई नि.आयोगमा पेशभएको कागजले गर्दैन।लामो राजनीतिक यात्रा/संघर्षले समाजमा उहाॅको स्थान कायम भैसकेको छ।एकतागर्दा नाम तल राख्न मानेर बरु उहांको उचाई अझै बढेको देखिन्छ ।’

प्रकाशित : सोमबार, जेठ २६, २०७७०६:५५

सुर्खेत बसपार्कमा कम्बलले ढाकेको शव भेटिएपछि खैलाबैला !