लकडाउनमा जागिरबाट निकालिएपछि पिडा सहन सकेनन्, आफ्नै शरीरमा आगो लगाए ! [भिडियो]

काठमाडौँ – बयालपाटा अस्पतालका एक जना कर्मचारीले आफ्नै शरीरमा आगो लगाएका छन् । सोमबार बयालपाटा अस्पतालका एक जना कर्मचारीले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका हुन्।

अस्पतालमा आर्थिक संकट परेको भन्दै अस्पतालले हटाएपछि साफेबगर नगरपालिका–६ का सिदार्थ आउजी आफ्नो शरीरमा आगो लगाएको बताइएको छ।

अस्पतालले आर्थिक अभावको कारण देखाउँदै ३३ जना कर्मचारीलाई निकालिदिएको थियो। जस मध्ये उनी पनि एक हुन्। लकडाउनकै बेला जागिरबाट निकालिएपछि उनीसहितका कर्मचारीहरु तनावमा थिए।

आउजीसँगै काम गर्ने अस्पतालका एक कर्मचारीका अनुसार उनीहारुको पुरानो नियुक्ति सकिन दुई महिना बाँकी थियो। लकडाउन पश्चात दुई महिना अगाडि नै अस्पतालले हटाएकाे चिठी पठाएको उनी बताउँछन्। पुरानो नियुक्ति सकिन दुई महिना बाँकी रहेको अवस्थामा काम गर्न भन्दा अस्पताल जाँदा हाकिमहरुले प्रहरी लगाएर बाहिर निकालेको उनको भनाई छ।

अस्पतालले लकडाउनको संकटकैबेला जागिरबाट अचानक निकालिएदिपछि अस्पतालका कर्मचारी आर्थिक मारमा छन्। यता अस्पतालले भने सहयोग बन्द भएपछि आर्थिक अभावका कारण कर्मचारी कटौति गर्न बाध्य भएको जनाएको छ।

आगोका कारण घाइते भएका आउजीलाई सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय र अछामका प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलको पहलमा सिम्रिक एयरको हेलिकोप्टरमार्फत कोहलपुर मेडिकल कलेज पठाइएको छ । उनको अवस्था गम्भीर रहेको बताइएको छ।

प्रकाशित : सोमबार, जेठ २६, २०७७०८:३१

रेड, ग्रिन र एल्लो जोन निर्धारण गरेर सार्वजनिक यातायात सञ्चालन गर्ने विषयमा छलफल शुरु !