प्राण त्याग्नु केहि क्षण पहिले दुर्योधनले बताएका थिए यी तीन गल्ती!

दुर्योधन महाभारत कालमा  एक खलनायकको रुपमा प्रस्तुत भएका थिए । कौरवमा  जेठो र सबैभन्दा सर्वश्रेष्ठ भनिने  दुर्योधन यदि आफ्नो मामा शकुनिको कुरामा नआएका भए अहिले उनी महाभारत कालको सबैभन्दा प्रसिद्द पात्रको रुपमा याद गरिन्थ्यो होला। किनकि उनमा अर्जुन वा  भीमभन्दा कम  प्रतिभा थिएन।  साथै उनी एक राम्रो मित्र साबित भएका थिए। तर महाभारतको कहानीले उनलाई  पल-पल ईर्ष्याले भरेको बताएको थियो । एक यस्तो  व्यक्तिको रूपमा दर्शाइएको छ जो केवल स्वार्थले भरिपूर्ण छ । तर केहि इतिहासकारका  अनुसार  दुर्योधन त्यही गरिरहेका थिए जुन कौरवको लागि उत्तम थियो।

दुर्योधन
हामी यहाँ दुर्योधनको राम्रो वा नराम्रो गणना गरिरहेका हैनौ।  यधपी महाभारतको  एक यस्तो प्रसंग सुनाउन गईरहेका छौ जसको बारेमा तपाईले पहिले कहिले सून्नु भएको छैन।

पाण्डव र कौरवको लडाई
महाभारत युद्ध पूर्ण रूपले  पाण्डव र कौरवको बीच भएको लडाई थियो जुनमा पाँच पाण्डव थिए भने  कौरवको संख्या १०० जना थियो।  । पाण्डवको साथ स्वयम्  नारायण थिए भने  कौरवको रक्षाको लागि लाखौँ नारायणी सेना उपस्थित थिए ।

किन  हारे कौरव ?
तर यति धेरै सेना भएपनि कौरवले  युद्ध जितेनन् । छिमेकी राज्यबाट पनि मदत्त पाए।  कैयौँ शूरवीर योद्धा र राजा उनको  सेनामा थिए तर पाण्डवलाई हराउन सक्ने शक्ति कसैसँग थिएन। महाभारत युद्धको  परिणामको सबै अनुसन्धानकर्ताले आफ्नो अंदाजमा बुझेका छन् । कौरव कसरी हारे भनेर यो युद्धलाई बुझ्ने सबैले आफ्नो अलग-अलग निष्कर्ष दिए  ।

तर  दुर्योधनले पनि त्यसको दोष बताएका  थिए जुन कारण  कौरवले युद्द हारेको थियो। उसले बताएका थिए कि यदि उनी भएका भए कौरव विजेता हुन सक्थे। वास्तवमा यो घटना त्यो समयको हो जब  दुर्योधन रणभूमि जमीनमा रक्ताम्मे भएर लडेका थिए। उनले केहि भन्न चाहेका थिए।

दुर्योधन जमीनमा लडेका थिए र आफ्नो हातको तीन औँला पटकपटक उठाएर केहि भन्न चाहेका थिए। तर पीडाको कारण उनले केहि सुनिएको थिएन।  श्रीकृष्ण आएर उनको दुविधाको कारण सोधे। तब उनले बताए कि उनले महाभारत युद्दको क्रममा तीन गल्तीले उनले युद्द जित्न सकेनन्।  यदि उनले पहिले नै यो गल्ती थाहा पाएका भए आज उनको सिरमा जीतको ताज हुन्थ्यो।

पहिलो गल्ति:
श्रीकृष्णले सहजता पुर्वक दुर्योधनलाई तीन गल्तीको बारेमा प्रश्न गर्दा उसले बताए ,  पहिलो गल्ति यो थियो कि उनी आफैले स्वयम् नारायणको स्थानमा नारायणी सेना चुनेका थिए । यदि नारायण युद्धमा  कौरवको  पक्षमा भएको भए आज परिणाम अर्कै हुन्थ्यो।

दोस्रो गल्ति:

दोस्रो गल्ति उनले यो गरे कि आफ्नो आमाले लाखौँ पटक भन्दा पनि उनले अगाडी रुखको पातले बनेको लंगोट लगाएका थिए।  यदि उनी  नग्नावस्थामा गएका भए कुनै पनि  योद्धाले परास्त गर्न सक्दैन थिए।

तेस्रो गल्ति:

दुर्योधनको  अनुसार तेस्रो भुल जुन उनले गरेका थिए त्यो थियो अन्तिममा गएर गरेका थिए। यदि  उनी अगाडी गएका भए कैयौँ कुरा बुझ्न सक्थे। भाई र मित्रको ज्यान बच्थ्यो। श्रीकृष्णले  नम्रतापुर्वक दुर्योधनको सबै कुरा सुने र पछि सम्झाए कि  हारको मुख्य कारण तिम्रो  अधर्मी व्यवहार र आफ्नै  कुलवधूको  वस्त्राहरण गर्नु थियो। तिमीले  आफ्नै कर्मले आफ्नो भाग्य लेख्यौ।  यो सुनेर दुर्योधनलाई आफ्नो गल्तिको आभास भयो।

प्रकाशित : सोमबार, जेठ २६, २०७७१२:२६

कुन राशिलाई कस्तो सासु पर्छ ? राशि अनुसार सासुसँगको सम्बन्ध हेर्नुहोस् !