धनि बन्ने गुणले भरिपुर्ण हुन्छन् यी ४ राशि, गर्छन् अरु माथि राज पनि !

काठमाडौँ । धनी बन्ने सबैको चाहना हुन्छ । तर कसले कति कमाउँछ र कसरी कमाएको सम्पत्तिलाई परिचालन गर्छ भन्ने कुरा महत्वपूर्ण रहेको हुन्छ । यद्यपी यद्यपी ज्योतिष शास्त्रको माध्यमबाट भने यस्तो कुरा पत्ता लगाउन सकिन्छ भन्ने कुरा बढी रहेको छ । त्यसकारण आज हामी तपाईहरुलाई धनी बन्ने सम्भावना रहेका केही राशीको बारेमा बताउन गइरहेका छौँ ।

वृष राशि : वृष राशीमा शुक्रको प्रभाव पर्ने भएकाले वृष राशी हुने व्यक्तिमा धन, वैभव, रोमान्स र विलासिताको कारक मान्ने गरिन्छ । यो राशी भएका व्यक्तिलाई धनी बन्ने कयौँ अवसरहरु आउने गर्छन् । यसरी आएका अवसरलाई सही रुपमा सदुपयोग गर्न सक्यो भने धनको वर्षा नै हने गर्छ ।

वृश्चिक राशि : धनी बन्ने सम्भावना रहेका दोस्रो राशी हो वृश्चिक राशी हो । जसमा धनी बन्ने सबै प्रकारका गुणहरु रहेका हुन्छन् । यो राशी भएका व्यक्तिहरु आफुलाई मन परेको कुरा पाउन जस्तोसुकै काम गर्न पनि पछि पर्दैनन् । अरु भन्दा कसरी अगाडी बढ्ने भन्ने चिन्तामा रहने र हर काम गर्न प्रयासरत भएकाले यो राशी भएका व्यक्तिहरु धनी बन्ने सम्भावना धेरै रहेको हुन्छ ।

कर्कट राशि  : कर्कट राशी भएका व्यक्तिहरु भोगविलासी र आरामदायी चिजहरु प्राप्त गर्न निकै लागि पर्ने गर्छन् । उनीहरु प्राकृतिक रुपमा नै जुझारुहुने गर्छन् । भाग्यले पनि साथ दिने भएकाले धनी बन्ने सम्भावना यो राशी भएका व्यक्तिमा धेरै रहेको छ ।

सिंह राशि :  यो राशी भएका व्यक्ति सिंह जस्तै स्वभाव भएका हुन्छन् । नेतृत्व गर्ने क्षमता प्रचुर मात्रामा हुने भएकाले सिंह राशी भएका व्यक्तिहरु धन कमाउने मामलामा अगाडी रहेका हुन्छन् । आरामदायि जीवन व्यतित गर्नको लाग कडा परिश्रम गर्ने भएकाले उनीहरु धनी बन्ने सम्भावना धेरै रहेको हुन्छ ।

प्रकाशित : सोमबार, जेठ २६, २०७७१२:३६

यस्ता ४ गुण भएकै कारण कृष्णका प्रिय थिए अर्जुन ! के-के थिए ?