यस्ता ४ गुण भएकै कारण कृष्णका प्रिय थिए अर्जुन ! के-के थिए ?

यदि महाभारतको युद्धमा भगवान श्री कृष्ण र अर्जुन एक आपसमा सामेल नभएका भए वास्तवमै महाभारतको युद्धको कहानी धार्मिक ग्रन्थमा बिशेष र फरक किसिमले गर्ने गरिन्थ्यो होला। महाभारतको  लडाईमा युद्धको मैदानमा अरु केहि योद्धाहरु जाने सोचमा थिए तथापी किन श्री कृष्ण अर्जुनको सारथी बन्न पुगे यो एक सोच्ने बिषय हो। आखिर श्री कृष्णले अजुनै साथ किन दिए त हेर्नुहोस यस्तो छ कारण ;

धैर्य

भनिन्छ जो मानिस धैर्यवान हुन्छ उ आफसे आफ महान बन्न पुग्छ। अर्जुन बुद्धिमान , फुर्तिलो हुनका साथै धैर्यवान भएकाले महाभारतको युद्धमा भगवान श्री कृष्णले उनको साथ दिएका हुन्।

विवेक

कुनै पनि काम गर्दा बुद्धिमाता र विवेकशिलताका साथमा गर्न सक्ने क्षमता अर्जुनमा रहेको थियो। जुन कुरा श्री कृष्णलाई मन पर्ने पक्ष हो।

पराक्रम

महाभारत्रको युद्धमा संलग्न सबै योद्धामध्ये अर्जुन यस्ता योद्धा थिए जसमाजुनसुकै कठिन परिस्थितिलाई पनि सजिलै सामना गर्न सक्ने सामर्थ्य थियो।

बल

अर्जुन शारीरिक रुपले मात्र नभई मानसिक रुपले पनि बलवान थिए। त्यसकारण उनि जस्तोसुकै कठिन परिस्थितिलाई पनि बुद्धिमता पुर्वक सम्पन्न गर्न अग्रसर रहन्थे।

हरेक बर्ष झैँ यस बर्ष पनि भाद्र कृष्ण पक्ष अष्टमी तिथिका दिन भदौ ६ गतेका दिन कृष्ण अष्टमी पर्व मनाउने तयारी रहेको छ।  यो हिन्दुहरुको एक महान पर्व पनि हो। भगवान श्री कृष्णको जन्म भद्र कृष्ण पक्षको अष्टमी तिथी तथा रोहिणी नक्षत्रमा राती १२ बजे भएको हो। यसै दिन उनको जन्मदिन धुमधामले मनाउने गरिन्छ।

प्रकाशित : सोमबार, जेठ २६, २०७७१२:३७

यस्ता मुर्तिहरु घरमा भुलेर पनि नराख्नुहोला !