हिन्दु धर्म शास्त्रका अनुसार मानिसले जीवनमा सफलता पाउनका लागि आफ्नो घरमा नियमित पुजा तथा विभिन्न देवी देवताको मुर्ति स्थापना स्थापना गर्ने गरिन्छ। घरमा पुजा गर्ने क्रममा बिशेष ख्याल गरि मुर्ति स्थापना गर्नु जरुरी छ। यस्ता प्रकारका मुर्ति घरमा राख्नाले घरको सुख समृद्धि तथा सकारात्मक उर्जा कम हुन जान्छ। आउनुहोस घरको पुजा कोठामा कस्ता प्रकारका मुर्ति राख्नु अशुभ रहेको छ।
शनिदेव
पौराणिक मुल्य मान्यता अनुसार घरमा शनिदेवको मुर्ति भुलेर पनि राख्नु हुदैन। यदि शनिदेवको पुजा गर्ने नै हो भने घरभन्दा बाहिर मुर्ति राखी पुजा आराधना गर्नुलाई शुभ मानिन्छ।
भगवानको पिठ देखिने मुर्ति
भगवानको पिठ देखिने चित्र तथा मुर्ति भुलेर पनि घरमा राख्नु हुदैन। यसलाई घरमा राख्नाले घरमा दुर्भाग्य आउछ।
युद्ध गरिरहेको भगवानको मुर्ति
घरमा भगवानले कुनै राक्षसको साथमा युद्ध गरेको या मारेको मुर्ति र तस्बिर राख्नुलाई अशुभ मानिन्छ। यस्तो तस्बिर वा मुर्तिलाई घरमा राखी नियमित पुजा गर्नाले घरमा विभिन्न संकट देखा पर्न सक्ने मान्यता रहेको छ।
फुटेको मुर्ति
घरमा टुटे फुटेका तथा च्यातिएका भगवानका मुर्ति तथा तस्बिर राख्नुलाई अशुभ मान्ने गरिन्छ ।
एकै देवताको २ मुर्ति
पुजा स्थलमा एकै भगवानका २ तस्बिर संगै राख्नु अशुभ हुने मान्यता रहेको छ । यसो गर्नाले घरमा दुख , दरिद्रता तथा कलह छाउने विश्वास रही आएको छ।
भैरवको मुर्ति
भगवान शिवको अवतारको रुपमा मानिने भैरव भगवानको मुर्ति घरमा झुक्किएर पनि राख्नु हुदैन। भैरवलाई भगवान शिवको अवतारमा लिइने गरिन्छ। तर पनि भैरव तन्त्र बिद्याका देवता हुन, त्यसैले कहिले पनि भैरवको पुजा उपासना घर भित्र भन्दा बाहिर गर्दामा नै लाभ मिल्ने मान्यता रहेको छ।