आफैंलाई आगो लगाएका सिदार्थको ज्यान गयो !

काठमाडौँ – आफ्नै शरीरमा आगो लगाएका बयालपाटा अस्पतालका कर्मचारीको ज्यान गएको छ। पेट्रोल छर्किएर आफैंलाई आगी लगाएका साफेबगर नगरपालिका–६ का सिदार्थ आउजीको ज्यान गएको हो।

उनको कोहलपुर पुर्याएपछि ज्यान गएको बताइएको छ। आगो लगाएपछि गम्भीर घाइते भएका उनलाई हेलिकप्टर मार्फत कोहलपुर पुर्याएको थियो। कोहलपुर पुर्‍याएको आधा घण्टामै उनको ज्यान गएको ईलाका प्रहरी कार्यालय साफेबगरले जनाएको छ।

अस्पतालमा आर्थिक संकट परेको भन्दै अस्पतालले हटाएपछि साफेबगर नगरपालिका–६ का सिदार्थ आउजी आफ्नो शरीरमा आगो लगाएको बताइएको छ।

अस्पतालले आर्थिक अभावको कारण देखाउँदै ३३ जना कर्मचारीलाई निकालिदिएको थियो। जस मध्ये उनी पनि एक हुन्। लकडाउनकै बेला जागिरबाट निकालिएपछि उनीसहितका कर्मचारीहरु तनावमा थिए।

आउजीसँगै काम गर्ने अस्पतालका एक कर्मचारीका अनुसार उनीहारुको पुरानो नियुक्ति सकिन दुई महिना बाँकी थियो। लकडाउन पश्चात दुई महिना अगाडि नै अस्पतालले हटाएकाे चिठी पठाएको उनी बताउँछन्। पुरानो नियुक्ति सकिन दुई महिना बाँकी रहेको अवस्थामा काम गर्न भन्दा अस्पताल जाँदा हाकिमहरुले प्रहरी लगाएर बाहिर निकालेको उनको भनाई छ।

अस्पतालले लकडाउनको संकटकैबेला जागिरबाट अचानक निकालिएदिपछि अस्पतालका कर्मचारी आर्थिक मारमा छन्। यता अस्पतालले भने सहयोग बन्द भएपछि आर्थिक अभावका कारण कर्मचारी कटौति गर्न बाध्य भएको जनाएको छ।

प्रकाशित : सोमबार, जेठ २६, २०७७१२:५२

स्वाब सङ्कलनमा खटिएका दुई जनामा कोरोनाको पुष्टि !