विवाह भन्दा महँगो सम्बन्ध बिच्छे: यी बलिउड कलाकारले सम्बन्ध बिच्छेद गर्न तिरे करोडौं रकम !

बलिउडमा अहिले सम्म धेरै कलाकारहरुको वैवाहरिक सम्बन्ध विच्छेद भैसकेको छ। घरेलू सम्बन्ध भनेको जस्तो बन्न नसकेपछि एक-अर्कासँग सम्बन्ध बिच्छेद गर्ने गरेका छन्। आज हामी यस लेखमा बलिउडमा भएमा सम्बन्ध बिच्छेदमा सबै भन्दा महँगा केहि सम्बन्ध बिच्छेदको बारेमा बताउने छौँ।

प्रभु देवा र रामलता

१९९५मा विवाह भएको यी दुईको २०११मा सम्बन्ध बिच्छेद भएको थियो। सम्बन्ध बिच्छेदमा प्रभु देवाले रामलतालाई भारतीय २० देखि २५ लाख रुपैया जरिवाना तिर्नु परेको थियो।

संजय दत्त र रिया पिल्लई

बलिउड स्टार संजय दत्तको धेरै नायिकाहरुसँग नाम जोडिने गरिन्छ। जसका कारण यी दुईको सम्बन्ध बिच्छेद भएको थियो। सम्बन्ध बिच्छेदमा संजयले भारतीय ७ करोड रुपैया जरिवाना तिर्नु परेको थियो।

सैफ अली खान र अमृता सिंह

१९९१ मा विवाह भएका यी दुईको लगभग १३ वर्षको अन्तर भएको बताइन्छ भने यी दुईको सम्बन्ध १३ वर्ष पछाडी टुटेको थियो। सैफले अमृतालाई ५ करोड साथै आफ्नो आधा सम्पति समेत जरिवानाको रुपमा दिनु परेको थियो।

ऋतिक रोशन र सुजैन

२०००मा विवाह भएका यी दुईको २०१४मा सम्बन्ध विच्छेद भएको थियो। यी दुईको सम्बन्ध विच्छेद हुँदा सुजैनले ४०० करोड भारतीय रुपैयाको माग गरेकी थिइन्। तर पनि ऋतिक रोशनले धेरै ठुलो मोटो रकम जरीवानाको रुपम तिर्नु परेको बताउने गरिन्छ।

अरबाज खान र मलाइका अरोडा

यी दुईको पनि २०१७मा कानुनी रुपमानै सम्बन्ध विच्छेद गरेका थिए। सम्बन्ध विच्छेदको कारण अरबाज खानले १५ करोड भारतीय रुपैया जरिवाना तिर्नु परेको थियो।

प्रकाशित : सोमबार, जेठ २६, २०७७१३:००

आमा सम्झिँदै सुशांतले गरेका थिए अन्तिम पोस्ट: भनेका थिए- “सकिँदै गरेको जीवनमा…”