भैँसीफार्ममा काम गर्ने ५ जनाको विभत्स हत्या !

सांकेतिक तस्विर

काठमाडौँ – रुपन्देहीमा ५ जनाको विभत्स हत्या भएको छ। सोमबार राति पन्देहीको तिलोत्तमा–१० कान्छीबजारमा पाँच जनाको एक युवकले हत्या गरेका हुन्।

कान्छीबजारमा रहेको भैँसीफार्ममा काम गर्दै आएका सुर्खेतका एक युवाले एक महिलासहित ५ जनाको हत्या गरी का हुन् फरार भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

फार्ममा काम गर्ने पाँच जनाको हत्या गरी तन्नाले ढाकेर राखिएको अवस्थामा मंगलबार विहान विभत्स दृश्य देखेपछि मंगलापुर बिहान स्थानीयहरुले प्रहरीलाई खबर गरेका थिए।

हत्या गरिएका व्यक्तिहरुको परिचय खुलिसकेको छैन।

प्रकाशित : मङ्गलबार, जेठ २७, २०७७०२:४९

‘यो मन त मेरो नेपाली हो’ भन्दै हिमानी टिकटकमा ! [भिडियो सहित[