राजेश हमालको आज जन्मदिन ! यति वर्ष लागे !

काठमाडौं – नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमाल मंगलबारबाट ५६ वर्ष लागेका छन् । ९ जुन, १९६४ मा पाल्पाको तानसेनमा जन्मिएका हमाल आजबाट ५६ वर्ष लागेका हुन्।

हमालले २०४८ सालमा प्रदर्शनमा आएको चलचित्र ‘युगदेखि युगसम्म’ बाट नेपाली चलचित्र क्षेत्रका प्रवेश गरेका थिए। पहिलो चलचित्र नै सफल भएपछि उनले त्यसपश्चात लगातार हिट चलचित्र दिए। ३ दशक लामो चलचित्र अभिनय यात्रामा हमालले २ सयभन्दा बढी चलचित्रमा अभिनय गरिसकेका छन् ।

कुनै एक समयमा हमालका हरेक चलचित्र हिट हुन्थे भने चलचित्र हलमा उनकै रजाई हुन्थ्यो। हमालका हामी तीन भाइ, अल्लारे, अजम्बरी नाता, पालेदाई, आशीर्वाद जस्ता चलचित्र अत्याधिक हिट भए।

नेपालमा कक्षा ८ सम्म सेन्ट जेभियर स्कूलमा अध्ययन गरेका उनले विद्यालय स्तरिय शिक्षा मस्कोबाट सकाएका थिए। उच्च शिक्षा (एम ए अङ्ग्रेजी) भने उनले भारतको पञ्जाब विश्वविद्यालयबाट पूरा गरेका थिए।

हमालले अभिनय करियरमा राष्ट्रिय नागरिक गोल्डेन अवार्ड, राष्ट्रिय चलचित्र पुरस्कार जस्ता पुरस्कार तथा सम्मान पनि प्राप्त गरिसकेका छन्। हमाललाई पछिल्लो पटक चलचित्र शकुन्तलामा देखिएको थियो।

त्यसयता उनी कुनै पनि चलचित्रमा देखा परेका छैनन्। यधपी उनी “को बन्छ करोडपति” भने संचालन गर्दै आएका छन्।

प्रकाशित : मङ्गलबार, जेठ २७, २०७७०४:१०

“प्रधानमन्त्रीको अहङ्कारले देश डुब्यो, सरकारले कोरोनाबाट देशलाई पार लगाउने देखिएन” – गगन थापा